Jul 25 2026 | २०८३, श्रावण ९ गते

२०८३, श्रावण ९ गते
  • यो साता चर्चामा :
images

पार्टी भित्रै अन्याय हुन नदिन कांग्रेस नेतृत्वलाई युवा नेताहरुको आग्रह

पार्टी भित्रै अन्याय हुन नदिन कांग्रेस नेतृत्वलाई युवा नेताहरुको आग्रह

  • मंगलवार, श्रावण ५ २०७८

  • 801
    SHARES

  • पार्टी भित्रै अन्याय हुन नदिन कांग्रेस नेतृत्वलाई युवा नेताहरुको आग्रह

    काठमाडौँ। अन्य राजनीतिक दलहरुले समेत नेपाली कांग्रेसलाई विश्वास गरि देशको अभिभारा सुम्पेको बेला पार्टी भित्रै नेतृत्वबाट असुरक्षित हुने अवस्थाको अन्त्य गर्न कांग्रेसका युवा नेताहरुले माग गरेका छन् ।

    क्रियाशिल सदस्यताको विषयलाई लिएर विवाद र दवावमुलक कार्यक्रमहरु भइरहेकोप्रति लक्षित गर्दै युवा नेताहरुले पार्टी भित्र न्यायका लागि धर्ना दिनु पर्ने र अनसन बस्नु पर्ने अवस्थाको अन्त्य गर्न पनि नेतृत्वको ध्यानाकर्षण गराएका छन् ।

    कांग्रेसका १० युवा नेताहरुले आज संयुक्त वक्तव्य जारी गदै चौधौं महाधिवेशनको प्रारम्भिक तयारीका क्रममा उठेका विभिन्न प्रश्नहरु र केही जिल्लाका साथिहरुका गतिविधिले आफूहरुको ध्यान तानेको उल्लेख गर्नु भएको छ ।

    युवा नेताहरु डा.चन्द्र भण्डारी, धनराज गुरुङ, कमला पन्त, रत्ना शेरचन, गगन थापा, बद्री पाण्डे, गुरुराज घिमिरे, सरिता प्रसाईं, रामकृष्ण यादव र किरण यादवले जारी गरेको वक्तव्यमा सदस्यता सम्बन्धी विवाद तत्काल समाधान गरेर महाधिवेशनको सुनिश्चितता गर्न आग्रह गरिएको छ।

    “मुख्य गरि पार्टी महाधिवेशनका प्रारम्भिक मतदाताको रुपमा रहेका कृयाशिल सदस्यहरुको बिवादले निर्धारित समयमा महाधिवेशन हुने कुरामा संशय बढाएको छ । हामीसँग समयको सुविधा छैन र उपलब्ध समय समेत साँघुरिदै गएको छ । यस्तो बेलामा कृयाशिल सदस्यको विवादलाई कायम राख्नु र बढाउनु युक्तिसंगत हुँदैन । पार्टी बिधानले निर्दिष्ट गरेको प्रक्रिया, मापदण्ड र केन्द्रीय समितिको निर्णय बिपरित गरिने कार्यले कसैको भलो गर्दैन,” वक्तव्यमा लेखिएको छ ।

    प्रजातन्त्रको स्थापना र पुनःस्थापनामा लागेर सर्वस्व गुमाएका कांग्रेसका लाखौं कार्यकर्ताहरू पार्टीको कृयाशिल सदस्यतालाई आफ्नो ठूलो राजनीति पुँजी ठान्ने भएकाले कार्यकर्ताको यस्तो भावना र संवेदनालाई नेतृत्वले बुझ्न र कदर गर्न पनि उहाँहरुले आग्रह गर्नुभएको छ ।

    कांग्रेका विभिन्न जिल्लाका नेता तथा कार्यकर्ताहरु कृयाशिल सदस्यता सम्बन्धि बिवादका कारण पार्टी केन्द्रीय कार्यालय सानेपामा धर्ना र आमरण अनसनमा बसेका छन् । यसलाई युवा नेताहरुले गम्भीर बिषयको रुपमा लिनु भएको छ ।

    “विधि र प्रक्रिया नाघेर जथाभावी बितरण गरिएका कृयाशिल सदस्यताले हामीलाई बलियो बनाउँदैन । समायोजनका नाममा पार्टी संरचना कब्जा गर्ने उद्देश्यले निर्धारित प्रकृया बाहिरबाट बितरण गरिएका कृयाशिल सदस्यताले पार्टीको मर्ममाथि नै प्रहार गरेको छ । र आफ्नो सर्वस्व सुम्पेका साथिहरुको आत्मसम्मानमा प्रहार गरेको छ । यसलाई तुरुन्त रोक्नु पर्दछ,” नेताहरुको आग्रह छ ।

    वक्तव्यको अन्त्यमा लेखिएको छ, “पार्टीमा नयाँ सदस्यको आगमनले संगठनात्मक शक्ति बढ्छ र यो आवश्यक पनि छ । नयाँ सदस्यको उपयुक्त व्यवस्थापन पार्टीको दायित्व हो । तर एकैचोटी पुराना साथिहरुको बिस्थापन हुने गरि जथाभावी गर्नु हुँदैन । यसको हामीले सदैव ख्याल गर्नु पर्दछ ।”

    नेपाली कांग्रेसको कृयाशिल छानबिन समिति र समायोजन समितिले पार्टीको लोकतान्त्रिक प्रतिष्ठा र छविको जगेर्ना गर्दै उत्पन्न समस्याहरुको विधिसंगत र तार्किक समाधान गर्न पनि युवा नेताहरुले आग्रह गर्नु भएको छ ।

    वक्तव्यमा बितेका साढे तीन वर्ष यता ओली सरकारको निरंकुश व्यवहारले नेपाली जनतामा बढाएको निराशा अन्त्य गर्दै कष्टकर हुदै गएको दैनिकीमा सुधार गरि सरकारप्रति जनतालाई आस्वस्त तुल्याउनु नयाँ सरकारको दायित्व भएको समेत उल्लेख गरिएको छ ।


    मंगलवार, श्रावण ५ २०७८०७:०६:५१
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij