Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

फेरि बढ्न थाल्यो कोरोना संक्रमण, कुन जिल्लामा कति संक्रमित थपिए?

फेरि बढ्न थाल्यो कोरोना संक्रमण, कुन जिल्लामा कति संक्रमित थपिए?

  • मंगलवार, श्रावण ५ २०७८

  • 1.4K
    SHARES

  • फेरि बढ्न थाल्यो कोरोना संक्रमण, कुन जिल्लामा कति संक्रमित थपिए?

    काठमाडौँ – पछिल्लो २४ घण्टामा थप ३,१०८ जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ।

    देशभरमा १३ हजार १३५ नमुना परीक्षण गर्दा उनीहरुमा संक्रमण पुष्टि भएको हो ।

    यस्तै २५ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनासंख्या मन्त्रालयले जनाएको छ भने १ हजार ५९५ जना निको भएका छन् ।

    मंगलबार थपिएकासँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ६ लाख ७० हजार ९९३ पुगेको छ ।

    तीमध्ये ९ हजार ६०७ जनाको मृत्यु भएको छ भने ६ लाख ३४ हजार ९२७ जना संक्रमणमुक्त भएका छन् ।

    मन्त्रालयका अनुसार हाल देशभर सक्रिय संक्रमितको संख्या २६ हजार ४१९ जना रहेका छन् ।

    जसमध्ये २३ हजार ८३४ जना होम आइसोलेसनमा रहेका छन् भने २ हजार ५८५ जना संस्थागत आइसोलेसनमा रहेका छन् ।

    कोरोनाका बिरामीमध्ये ५९२ जना आईसीयू र १७२ जना भेन्टिलेटरमा उपचाररत छन् ।

    कुन जिल्लामा कति संक्रमित थपिए?

    स्वास्थ्य मन्त्रालयका अनुसार सबैभन्दा धेरै काठमाडौंमा ५३१, मोरङमा २५२, झापामा १७८, सुनसरीमा १६५, ललितपुरमा १४७, कास्कीमा १२६ र चितवनमा १२५ जनामा कोरोना संक्रमण देखिएको छ ।

    यस्तै मकवानपुरमा ६८, नवलपरासी पूर्वमा ६१, कैलालीमा ४५, धादिङमा ४४, भक्तपुरमा ४१, रुपन्देहीमा ३७, पाल्पामा ३२, बागलुङमा २७, दोलखामा २३, काभ्रे र सुर्खेतमा २२/२२ जना कोरोना संक्रमित थपिएका छन् ।

    सप्तरीमा १७, बारामा १६, तनहुँ र स्याङजामा १४/१४ जना, रामेछाप, पर्वत र दाङमा १२र१२ जना, नुवाकोटमा ११ र तेह्रथुममा १० जनामा कोरोना संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।

    यस्तै १० वर्षम मुनिका ७१ बालबालिकामा कोरोना संक्रमण देखिएको छ भने ११ देखि १७४ जना कोरोना सक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।


    मंगलवार, श्रावण ५ २०७८०५:५६:३१
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij