काठमाडौं– चिकित्सा शिक्षा सुधारका अभियन्ता डा. गोविन्द केसीले शेरबहादुर देउवा नेतृत्वको नयाँ सरकारसामु पाँच बुँदे माग राख्नु भएको छ । नयाँ सरकार गठन भएसँगै स्वास्थ्य र मेडिकल शिक्षा क्षेत्रमा रहेका विभिन्न समस्या तथा तिनका समाधानका लागि गर्नुपर्ने भन्दै केसीले पााँच बुँदा सार्वजनिक गर्नुभएको हो ।
केसीले धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका पदाधिकारी पदमुक्त गर्नुपर्ने, चिकित्सा शिक्षा आयोगका पदाधिकारीलाई धमक्याउने र नाजायज फाइदा लिन खोज्ने व्यक्तिलाई कारबाही गर्नुपर्ने माग गर्नु भएको छ ।
त्यस्तै, उहाँले इलाम वा पाँचथर, उदयपुर र डडेल्धुरा वा डोटीमा समेत सरकारी मेडिकल कलेज खोल्नुपर्ने, चिकित्सा शिक्षा ऐनको प्रावधान सार्वजनिक शिक्षण संस्थामा ७५ प्रतिशत छात्रवृत्ति दिनुपर्ने माग पनि अघि सार्नु भएको छ ।