Jul 25 2026 | २०८३, श्रावण ९ गते

२०८३, श्रावण ९ गते
  • यो साता चर्चामा :
images

जनसम्पर्क समिति इजरायलमा निर्विरोध नयाँ समिति चयन

जनसम्पर्क समिति इजरायलमा निर्विरोध नयाँ समिति चयन

  • शनिवार, श्रावण २ २०७८

  • 1.1K
    SHARES

  • जनसम्पर्क समिति इजरायलमा निर्विरोध नयाँ समिति चयन

    काठमाडौं । इजरायल, नेपाली जनसम्पर्क समिती, इजरायलको नयाँ कार्यसमिति निर्विरोध चयन भएको छ । समितिको तेस्रो राष्टिय अधिवेशनले दिपिका भुषालको नेतृत्वमा निर्विरोध नयाँ कार्यसमिति गठन गरेको हो ।

    पर्वत घर भइ रोजगारीको शिलसिलामा लामो समयदेखि इजरायल रहनु भएकी भुषाल यसअघि २ कार्यकाल उपसभापति रहनु भएको थियो । अधिवेशनबाट समितिको उपसभापतिमा नितु कार्की र कटक श्रेष्ठ, महामन्त्रीमा माया खनाल र मात्रीका तिमिल्सिना, सहमहामन्त्रीमा लाल दुरा र सुमित्रा दवाडी निर्वाचित हुनुभएको छ ।

    अधिवेशनले नेपाली कांग्रेसको १४औ केन्द्रिय महाधिवेशनको लागि महाधिवेशन प्रतिनिधिहरु समेत चयन गरेको जनसम्पर्क समिति ईजरायलका संस्थापक उपसभापति राजेन्द्र खनालले जानकारी दिनुभयो ।

    उहाँका अनुसार दिपिका भुषाल, खगेश्वर अधिकारी, सुवास खरेल, राजेन्द्र खनाल, राज छत्कुली, अनु थापा र सुर्य राना महाधिवेशन प्रतिनिधिमा निर्वाचित हुनुभएको हो ।

    काँग्रेसले अधिवेशनका लागि नरेन्द्र भाटलाई केन्द्रिय प्रतिनिधिको रुपमा खटाएको थियो ।


    शनिवार, श्रावण २ २०७८०८:१२:५५
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij