काठमाडौँ – नेपालमा १३० जना कोरोना संक्रमित थपिएका छन् । पछिल्लो चौबिस घण्टामा १३० जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए ।
उनका अनुसार यो सँगै नेपालमा हाल सक्रिय संक्रमितको संख्या ५४४० पुगेको छ । गत चौबिस घण्टामा ७५ जना आइसोलेसन सेन्टरबाट डिस्चार्ज भएका उनले बताए ।
हालसम्म १३१२८ जना संक्रमण मुक्त भएका उनले बताए ।