Aug 07 2026 | २०८३, श्रावण २२ गते

२०८३, श्रावण २२ गते
  • यो साता चर्चामा :
images

पेट्रोलियम पदार्थको मूल्य एक रुपैयाँ घट्यो

पेट्रोलियम पदार्थको मूल्य एक रुपैयाँ घट्यो

  • बिहिवार, आषाढ ३१ २०७८

  • 891
    SHARES

  • पेट्रोलियम पदार्थको मूल्य एक रुपैयाँ घट्यो

    काठमाडौं । नेपाल आयल निगम लिमिटेडले पेट्रोलियम पदार्थको मूल्य सामान्य दरमा घटाएको छ । मूल्यवृद्धिको विषयलाई लिएर आन्दोलनरत संयुक्त विद्यार्थी संगठनसँगको वार्तापछि मूल्य घटाइएको हो ।

    नेपाल विद्यार्थी संघ, अनेरास्ववियु क्रान्तिकारी, अनेरास्ववियु, समाजवादी विद्यार्थी युनियन र अखिल छैटौं मूल्यवृद्धि विरुद्ध आन्दोलित छन् ।

    निगम सञ्चालक समितिको निर्णय बमोजिम बुधबार राति १२ बजेदेखि लागू हुने गरी पेट्रोल तथा डिजलरमट्टीतेलको साविकको खुद्रा बिक्री मूल्यमा प्रतिलिटर एक रुपैयाँ मूल्य घटाइएको निगमले जनाएको छ ।

    अब पेट्रोल प्रतिलिटर १२८ र डिजल तथा मट्टीतेलको मूल्य १११ रुपैयाँ कायम गरिएको छ ।

    अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य निरन्तर बढिरहेको र सोको कारणले निगमको लागत बढिरहेकोले निगमको आर्थिक स्थिति उकास्न पेट्रोलियम पदार्थको मूल्यलाई समायोजन गर्दै लानुपर्ने बाध्यतालाई सबै पक्षले बुझ्नुपर्ने निगमले जनाएको छ ।

    ‘निगमलाई स्वचालित मूल्य प्रणालीमा लैजान सहयोग गर्नु हुनेछ भन्ने निगमले विश्वास लिएको छ’ निगमले भनेको छ, ‘आन्दोलनरत पाँच विद्यार्थी संगठनले निगमको यो निर्णयपश्चात् विरोधका कार्यक्रम फिर्ता लिनु हुनेछ भन्ने विश्वास छ ।’


    बिहिवार, आषाढ ३१ २०७८०७:०५:३३
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij