Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

२९०५ संक्रमित थपिए, कुन जिल्लामा कति?

२९०५ संक्रमित थपिए, कुन जिल्लामा कति?

  • बुधवार, आषाढ ३० २०७८

  • 952
    SHARES

  • २९०५ संक्रमित थपिए, कुन जिल्लामा कति?

    काठमाडौँ – पछिल्लो २४ घण्टामा थप २९०५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ८१०८ पीसीआर परीक्षणमा २०१० जना र ४९१६ एन्टिजेन परीक्षणबाट ८९५ जनामा संक्रमण पुष्टि भएको हो ।

    कोरोना संक्रमणबाट पछिल्लो २४ घण्टामा १८ जनाको मृत्यु भएको छ र १६०६ जना संक्रमणमुक्त भएका छन् । हाल सक्रिय संक्रमितको संख्या २६ हजार ६४७ जना रहेका छन् ।

    जसमध्ये २४ हजार ९९ जना होम आइसोलेसनमा र २५ सय ४८ जना संस्थागत आइसोलेसनमा रहेका छन् ।

    पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा ४२५ जना संक्रमित भेटिएका छन् । जसमध्ये काठमाडौँमा २९४, भक्तपुरमा ६७ र ललितपुरमा ६२ जना संक्रमित भेटिएका छन् ।

    कुन जिल्लामा कति संक्रमित थपिए?

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अुनसार सबैभन्दा धेरै काठमाडौँमा २९४, कास्कीमा २३१, झापामा १७९, मोरङमा १५२, सुनसरीमा १४१ र चितवनमा १३६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

    यस्तै भक्तपुरमा ६९, ललितपुरमा ६२, नवलपरासी पूर्वमा ५४, रुपन्देहीमा ५२, तनहुँमा ४२, काभ्रेपलाञ्चोकमा ४१, स्याङजामा ३६, नुवाकोटमा ३३, बर्दियामा ३०, गोरखा र दाङमा २७र२७ जना, बागलुङमा २६, लमजुङ र कैलालीमा २२र२२ जनामा कोरोना संक्रमण देखिएको छ ।

    सिन्धुपाल्चोक, दैलेख र सुर्खेतमा १८र१८ जना, धादिङ र सल्यानमा १६र१६ जना, पाल्पा र जुम्लामा १३र१३ जना, सप्तरी र गुल्मीमा १२र१२ जनामा कोरोना संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ।

    यस्तै १० वर्ष मुनिका ७६ बालबालिकामा कोरोना संक्रमण देखिएको छ भने ११ देखि २० वर्ष उमेर समूहका १८८ जना कोरोना संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।


    बुधवार, आषाढ ३० २०७८०६:०९:३२
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij