गैरिखेत बारि बेची,बस्न थाले शहर
मानाे राेपी मुरी
सबले,फलाउने रहर
अर्गानिक खेति गरि खाने
सँधै चाह
पसलमा चामल
किनी,खानेलाइ के थाह
राेपाैं अब गमलामा
धान धान दिवस मनाउँ भात
खान
श्रीमान विदेश श्रीमती
काेठालिई बस्छिन्
प्रेमील त्याे छातीमा फाेटाे
मात्र टाँस्छिन्
धनकाे पछि लाग्दा खेरि,प्रेम
भयाे टाढा
मायाँ फल्ने जिन्दगीमा,उम्राे
सबै काँडा
आउ बरू खाेरिया
फाँडाैंन
बरू एक छाक दुइ जना
बाँडाैन
सपना र कल्पनाले सबै विगार्दछ
बर्तमानकाे कर्मलेनै,बुझाैं सपार्दछ
स्मार्ट कृर्षि खेति गर्ने मिलाउ
चाँजाे पाँजाे
अन्न फल्ने खेत बारी नबनाउ
बाँझाे फर्की आउ धनकाे माेह
छाडेर
सँगै बसाैं खाेरिया फाँडेर ।
साहित्यकार अधिकारी पाल्पाका हुनुहुन्छ ।