काठमाडौं - सर्वोच्च अदालतले संसद पुनःस्थापनाको फैसला सुनाएपछि सत्तारुढ दल नेकपा (एमाले)को केपी शर्मा ओली समूहका कार्यकर्ता सडकमा उत्रेका छन् । एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघको नेतृत्वमा माइतीघरमा अहिले विरोध प्रदर्शन शुरू भएको छ ।
विरोधसभामा महेश बस्नेतलगायतका नेताहरुले सम्बोधन गरिहेका छन् ।
प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले गरेको प्रतिनिधिसभा विघटनलाई आजै मात्र सर्वोच्चले संवैधानिक ठहर गर्दै बदर गरेको थियो ।
पाँच सदस्यीय संवैधानिक इजलासले आज यस्तो आदेश जारी गरेको हो । सर्वोच्चको यो आदेशसँगै प्रतिनिधिसभा पुनःस्थापित भएको छ ।
प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरासहित न्यायाधीशहरु दीपककुमार कार्की, मीरा खड्का, ईश्वरप्रसाद खतिवडा र आनन्दमोहन भट्टराईको इजलासले निवेदकको मागबमोजिम नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई २८ घण्टाभित्र प्रधानमन्त्री बनाउन परमादेशसमेत जारी गरेको छ ।