Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

एमाले कार्यदलमा दश बुँदे सहमति (सहमतिका बुँदाहरूसहित)

एमाले कार्यदलमा दश बुँदे सहमति (सहमतिका बुँदाहरूसहित)

  • सोमवार, आषाढ २८ २०७८

  • 884
    SHARES

  • एमाले कार्यदलमा दश बुँदे सहमति (सहमतिका बुँदाहरूसहित)

    काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) कार्यदलको बैठकले पार्टी एकतावद्धरुपले अघि बढाउने गरी १० बुँदे सहमति गरेको छ । आन्तरिक विवाद मिलाउन आइतबार विहानदेखि गृहकार्यमा जुटेको कार्यदलका सदस्यहरु अन्ततः सहमति जुटाउन सफल भएको हो ।

    सिंहदरवारस्थित अर्थ मन्त्रालयमा भएको छलफलबाट १० बुँदे सहमति बनेको नेता भीमबहादुर रावलले जानकारी दिनुभयो । पार्टीलाई एकतावद्ध र सुदृढ बनाउन कार्यदल सफल भएको उहाँले जानकारी दिनुभयो ।

    पार्टी प्रवक्ता तथा कार्यदलका सदस्य प्रदीप ज्ञवालीले पार्टीको आन्तरिक समस्या विधिसम्मत ढंगले समाधान गर्ने निर्णय भएको जानकारी दिनुभयो । कार्यदलले २०७५ जेठ २ गते अघिको पार्टी संरचनाबाट अघि बढ्ने सहमति गरेको छ । पार्टीमा योगदान दिएका नेताहरुलाई मातहत कमिटीमा समेट्ने निर्णय पनि कार्यदल बैठकले गरेको छ ।

    पार्टीको एकता मर्यादाअनुसार अघि बढ्ने सहमति पनि बैठकले गरेको छ । अध्यक्ष ओलीद्वारा आव्हान गरिएको भोलि सोमबारको स्थायी कमिटी बस्ने र कार्यदलले गरेको निर्णय अनुमोदन गर्ने नेताहरुले बताउनुभएको छ । भोलि आउने सर्वोच्चको निर्णयपछि पनि पार्टी सहमतिअनुसार एकतावद्ध रुपमा अघि बढ्ने निर्णय कार्यदलले गरेको छ ।

    कार्यदलका सदस्यहरुले आज १० बुँदे सहमति जुटाए पनि वरिष्ठ नेता माधवकुमार नेपालले सर्वोच्चको निर्णयअघि कुनै सहमति हुन नसक्ने प्रतिक्रिया दिनुभएको थियो । आज आफू निकट केन्द्रीय कमिटीका सदस्यहरुसँग छलफल गर्दै नेता नेपालले सो धारणा राख्नुभएको उहाँ निकट नेताहरुले जानकारी गराउनुभएको थियो ।


    सोमवार, आषाढ २८ २०७८०६:३६:५२
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij