Jul 25 2026 | २०८३, श्रावण ९ गते

२०८३, श्रावण ९ गते
  • यो साता चर्चामा :
images

नेपाल एयरलाइन्सका पायलट केबी लिम्बु निलम्बनमा, २ वर्ष जहाज उडाउन प्रतिबन्ध

नेपाल एयरलाइन्सका पायलट केबी लिम्बु निलम्बनमा, २ वर्ष जहाज उडाउन प्रतिबन्ध

  • बिहिवार, आषाढ १८ २०७७

  • 1.4K
    SHARES

  • नेपाल एयरलाइन्सका पायलट केबी लिम्बु निलम्बनमा, २ वर्ष जहाज उडाउन प्रतिबन्ध

    काठमाडौं । नेपाल एयरलाइन्सका पायलट केबी लिम्बु निलम्बनमा परेका छन् । गत चैत १४ गते नेपालगञ्जमा एयरलाइन्सको जहाज दुर्घटनामा परेको थियो ।

    उक्त दुर्घटना पायलट लिम्बुको गल्तीका कारण भएको निष्कर्षपछि नेपाल नागरिक उड्डयन प्राधिकरणले कारबाही गरेको हो । प्राधिकरणले पायलट लिम्बुलाई दुई वर्षसम्म उडानमा प्रतिबन्ध लगाएको बताइएको छ ।

    प्राधिकरणले जहाज अवतरणको क्रममा पायलटले कमजोरी गरेका कारण दुर्घटनामा परेको निष्कर्षसहति कारबाही गरेको हो । गत चैत १४ गते काठमाडौंबाट उडेको नेपाल एयरलाइन्सको विमान नेपालगञ्ज विमानस्थलमा दुर्घटना भएको थियो ।


    बिहिवार, आषाढ १८ २०७७१०:४८:२६
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij