Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

कांग्रेसको पौडेल पक्ष क्रियाशील सदस्यता छानबिन समितिसँग छलफलमा

कांग्रेसको पौडेल पक्ष क्रियाशील सदस्यता छानबिन समितिसँग छलफलमा

  • बिहिवार, आषाढ २४ २०७८

  • 810
    SHARES

  • कांग्रेसको पौडेल पक्ष क्रियाशील सदस्यता छानबिन समितिसँग छलफलमा

    काठमाडौं – नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलसहित नेताहरूले केन्द्रीय क्रियाशील सदस्यता छानबिन समितिका सदस्यहरूसँग छलफल गरेका छन्

    काठमाडौंको बत्तिसपुतलीमा नेता पौडेलसहित महामन्त्री डा. शशांक कोइराला, केन्द्रीय सदस्य डा. रामशरण महत र अर्जुननरसिंह केसीलगायतले केन्द्रीय क्रियाशील छानबिन समितिका सदस्यहरू प्रदीप पौडेल, कल्याण गुरूङलगायतसँग छलफल गर्नुभएको हो ।

    आज भएको उक्त छलफलमा क्रियाशील सदस्यता वितरणमा भएका अनियमितताबारे कुराकानी भइरहेको छ ।

    कांग्रेसमा ९ लाखभन्दा बढी क्रियाशील सदस्य पुगेका छन् भने पाँच हजार उजुरी परेकोमा अधिकांश उजुरी छानबिन भइसकेका छन् ।

    कांग्रेसले साउन १२ मा वडा अधिवेशन गर्दैछ । आगामी भदौ १६ देखि १९ सम्म कांग्रेसको केन्द्रीय महाधिवेशन तोकिएको छ ।

     


    बिहिवार, आषाढ २४ २०७८०३:४१:०४
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij