Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

आरडीटी पोजेटिभ देखिएका एक वृद्धको मृत्यु, पीसीआर रिपोर्ट आउन बाँकी

आरडीटी पोजेटिभ देखिएका एक वृद्धको मृत्यु, पीसीआर रिपोर्ट आउन बाँकी

  • आइतवार, श्रावण ११ २०७७

  • 1.1K
    SHARES

  • आरडीटी पोजेटिभ देखिएका एक वृद्धको मृत्यु, पीसीआर रिपोर्ट आउन बाँकी

    वीरगञ्ज । वीरगञ्जमा आरडीटी पोजेटिभ देखिएका एक जना वृद्धको मृत्यु भएको छ । नारायणी अस्पतालअन्तर्गतको गण्डक कोभिड अस्पतालमा उपचारको क्रममा वीरगञ्ज आदर्शनगरका ६५ वर्षीय वृद्धको आइतबार बिहान मृत्यु भएको हो ।

    केही दिनदेखि स्वास्थ्यमा समस्या देखिएपछि अस्पतला भर्ना भएका उनी उनी मधुमेह र मुटुरोगी थिए । उनलाई शनिबार नारायणी अस्पतालमा कोरोना परीक्षण गर्न लगिएको थियो । उनको पीसीआर परीक्षणको रिपोर्ट आइसकेको छैन ।

    नारायणीमा स्वाब दिएपछि उनलाई शनिबार साँझ वीरगञ्ज हेल्थ केयर हस्पिटलमा उपचारका लागि लगिएको थियो । हेल्थ केयरमा आरडीटी परीक्षण गर्दा एन्टीबडी पोजेटिभ देखिएको थियो । त्यसपछि शनिबार राति नै ८ बजेतिर गण्डक अस्पतालमा भर्ना गरिएको थियो ।

    गण्डक अस्पतालमा उपचारका क्रममा राति ११ बजेतिर स्थिति गम्भिर भएपछि भेन्टिलेटरमा राखेर उपचार सुरु गरिएको थियो । उपचार गर्दागर्दै आइतबार बिहान उनको मृत्यु भएको गण्डक अस्पतालका संयोजक डा. उदयनारायण सिंहले जानकारी दिनुभयो ।


    आइतवार, श्रावण ११ २०७७१२:२५:४०
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij