Jul 25 2026 | २०८३, श्रावण ९ गते

२०८३, श्रावण ९ गते
  • यो साता चर्चामा :
images

किन आफैँतिरै आइलाग्यो कोमल ओलीको ‘बाँदर’ कविता ?

किन आफैँतिरै आइलाग्यो कोमल ओलीको ‘बाँदर’ कविता ?

  • मंगलवार, आषाढ २२ २०७८

  • 1.4K
    SHARES

  • किन आफैँतिरै आइलाग्यो कोमल ओलीको ‘बाँदर’ कविता ?

    काठमाडौं – राष्ट्रियसभा सदस्य कोमल ओलीले सोमबार राष्ट्रियसभाको बैठकमा सरकार विरोधी मोर्चामा सहभागी राजनीतिक दलहरूलाई बाँदरको संज्ञा दिदै व्यंग्यात्मक कविता बाचन गरिन् । राष्ट्रियसभाको बैठकको विशेष समयमा बोल्दै ओलीले मुलुकको कोरोना महामारीको चपेटामा देश र देशवासी परेका बेला सबै राजनीतिक दलहरु एकजुट हुनुपर्नेमा फुटको राजनीतितर्फ उन्मुख भएको बताउँदै कविता वाचन गरेकी थिइन् ।

    गायिकासमेत रहेकी ओलीको उक्त कविता अहिले विवादमा परेको छ । प्रतिपक्षले मात्र नभएर सत्ता पक्षकै कार्यकर्ताले पनि उनको आलोचना गरेका छन् ।

    गायिका ओली रेडियो नेपालको जागिर छाडेर राजनीतिमा लागेकी थिइन् । राप्रपा, नेकपाहुँदै अहिले उनी एमाले छिन् ।

    यसरी कुनैवेला राजावादी र राप्रपाहुँदै अहिले एमालेमा प्रवेश गरेकी ओली आफैंमा बाँदरप्रविृत्ति रहेको अधिकांशले टिप्पणी गरेका छन् । आफैं रंग बदल्नेले अरुलाई रंग बदलेको आरोप लगाउनु जायज नभएको धेरैजसोको तर्क छ ।

    ‘यो कविता त आफैंलाई लक्षित छ नि ! छेपारोले जस्तो रंग फेर्ने । पद नपाउन्जेल खाकी राजावादी त्यसपछि झण्डै कांग्रेसी र कुर्सी पाएपछि एमाले ! कस्तो छेपारोले जस्तो रंग फेर्न सक्या । कविता नै बाचन गर्ने भए राष्ट्रियसभाभन्दा त रेडियो नेपाल नै ठिक थियो !’, सांसद ओलीलाई मेन्सन गर्दै किपाक तामाङले ट्विटरमा रिप्लाई गरेका छन् ।

    बिनागोगदान उनी प्रधानमन्त्री केपी ओलीको निगाहमा राष्ट्रियसभाको सदस्य बनेको भन्दै पार्टीभित्रै असन्तुष्टि पैदा हुने गरेको छ ।

    ‘कोमल ओलीको हैसियत पोइल जान पाम् भन्ने गीत हो । राष्ट्रियसभा उहाँका लागि कुकुरलाई घिऊ नपचे जस्तै भो’, फेसबुक प्रयोगकर्ता एकजना कार्यकर्ताको टिप्पणी छ ।

    यस्तो थियो उनको कविता :

    “बाँदरहरूको आफ्नो देश हुदैन बाँदरहरूको निश्चित भेष हुँदैन ।
    छेपाराजस्ता मौसमी रंग बदल्ने बाँदरहरूको स्थायी परिवेश हुँदैन ।
    कहिले मिलेका छन् कहिले फुटेका छन्
    इर्ष्याको भट्टीमा आफैंलाई भुटेका छन् ,
    आँखाभरी लोभ पापको पिपासा बोकेर
    आजकल बेवारिसे बाँदर विनाशका मेलामा जुटेका छन् ।
    अलिकति चेतना भएको भए
    हामी र हाम्रो भन्न सक्थे
    हालेको जग बचाएको भए
    सुन्दर घरवास बन्न सक्थे ।
    आखिर बाँदर न हुन्,
    भोलिको प्रतिक्षा कहाँ गर्छन् ?
    आफ्नै बासमा आगो फुकेर भागाभाग छ आज यिनको । 
    बाँदरहरू खेती गर्देनन्, बाली बिनास गर्छन् ।
    कहिले ढेडुहरूसँग मिल्छन् कहिले गोइलानहरुसँग मिल्छन् ।
    कर्मको कुटो नलगाउने यी बाँदरहरू
    अमृतपान गर्ने सपना देख्छन् ।
    बाँदरहरूको आफ्नो देश हुँदैन बाँदरहरूको निश्चित भेष हुँदैन ।
    छेपारा जस्ता मौसमी रंग बदल्ने बाँदरहरूको स्थायी परिवेश हुँदैन ।”

     


    मंगलवार, आषाढ २२ २०७८०२:२२:२८
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij