Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

एनआरएनए जापानको युवा संयोजकमा खनालको उम्मेदवारी घोषणा

एनआरएनए जापानको युवा संयोजकमा खनालको उम्मेदवारी घोषणा

  • आइतवार, आषाढ २० २०७८

  • 1.4K
    SHARES

  • एनआरएनए जापानको युवा संयोजकमा खनालको उम्मेदवारी घोषणा

     

    टोकियो । एनआरएनए जापानको दशौं महाधिवेशन नजिकिँदै गर्दा बिभीन्न पदमा उम्मेदवारी घोषणाको लहर चलेको छ । एनआरएनए जापानको आगामी कार्यकाल २०२१–२०२३ को लागी युवा संयोजकमा राजेश खनालले उम्मेदवारी घोषणा गर्नुभएको छ ।

    संस्थाभित्र भएका कमजोरी र गलत प्रवृत्तिका बिरुद्द निरन्तर रुपमा आवाज उठाउदै आउनुभएका खनाल २०१९–२१ कार्यकालमा कार्यसमिति सदस्य हुनुहुन्थ्यो ।

    गलत प्रवृति भएकाहरुलाई परास्त गर्दै एनआरएनएलाई दुःखको बेलामा सहयोगी, भरोसा र आत्मियताको संगठन बनाउन आफू लागिपर्ने खनालले प्रतिबद्धता जनाउनु भएको छ ।

    निःस्वार्थ भावले एनआरएनएमा आबद्ध भएको हुदाँ अन्जानबस भएका गल्तीलाई स्विकार्ने हिम्मत राखेको र बिगतको अनुभवका आधारमा केहि गर्न सक्छु भन्ने आत्मविश्वास रहेको उहाँले उल्लेख गर्नुभएको छ ।

    अग्रज तथा अनुजहरुको अनुरोधमा नै आफुले युवा संयोजकमा उम्मेदवारी दिएको खनालने जानकारी गराउनु भएको छ ।

     


    आइतवार, आषाढ २० २०७८०९:१४:२६
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij