Jul 25 2026 | २०८३, श्रावण ९ गते

२०८३, श्रावण ९ गते
  • यो साता चर्चामा :
images
युरोकप :

डेनमार्क सेमिफाइनलमा, चेक रिपब्लिक बाहिरियो (३ तस्बिरसहित)

डेनमार्क सेमिफाइनलमा, चेक रिपब्लिक बाहिरियो (३ तस्बिरसहित)

  • शनिवार, आषाढ १९ २०७८

  • 1.2K
    SHARES

  • डेनमार्क सेमिफाइनलमा, चेक रिपब्लिक बाहिरियो (३ तस्बिरसहित)

    काठमाडौं - चेक रिपब्लिकलाई पराजित गर्दै डेनमार्क युरोकप फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ । जरबैजानको बाकुमा भर्खरै सम्पन्न खेलमा डेनमार्कले चेक रिकब्लिकमाथि २ १को जित दर्ता गरेको हो ।

    डेनमार्कलाई जित दिलाउने क्रममा थोमस डेलाइनीले खेल सुरु भएको पाचौँ मिनेटमै अग्रता दिलाएका थिए । उनले हेडरमार्फत गोल गरेका हुन् ।

    एक गोल खाएपछि चेक रिपब्लिकले केही राम्रा आक्रमण गरेको थियो । तर, त्यो गोलमा परिणत हुन सकेन ।

    यता, डेनमार्क काउण्टर एट्याक कायमै राख्यो । सोही क्रममा पहिलो हाफ सकिनुभन्दा केही समयअघि अर्थात ४२ औं मिनेटमा केस्पर डोल्बर्गले गोल गरेका अग्रता दोब्बर बनाए ।

    Dolberg-Stryger-1024x659.jpg

    युवा खेलाडी केस्परको जारी प्रतियोगितामा तेस्रो गोल हो ।

    दोस्रो हाफको सुरुवातीदेखि नै चेक रिपब्लिकले आक्रमण जारी राख्यो । सोक्रमा ४९ औं मिनेटमा पेट्रिक सिकले गोल गर्दै चेक रिपब्लिकलाई खेलमा फर्काउन खाजे ।

    बाँकी समय चेक रिपब्लिकले गोलका प्रयास असफल रहे र खेल डेनमार्कले २-१ ले जित्यो ।

    आजको गोलसँगै सिकले जारी युरोकपमा क्रिस्टियानो रोनाल्डोसँग गोल संख्या बराबरी गरेका छन् । दुवैको ५-५ गोल भएको छ ।

    Schick-Patrik-Czech-1024x652.jpg

    उनीहरु दुवै जारी युरोकपका हालसम्मका सर्बाधिक गोलकर्ता हुन् ।

    अब डेनमार्कले फाइनल प्रवेशका लागि इंग्ल्याण्ड र युक्रेनको विजेतासँग खेल्नेछ ।

    चेक रिपब्लिक भने प्रतियोगिताबाट बाहिरिएको छ ।


    शनिवार, आषाढ १९ २०७८११:५३:०२
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij