Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

फेरि बढ्न थाल्यो कोरोना संक्रमण, कुन जिल्लामा कति थपिए?

फेरि बढ्न थाल्यो कोरोना संक्रमण, कुन जिल्लामा कति थपिए?

  • बुधवार, आषाढ १६ २०७८

  • 798
    SHARES

  • फेरि बढ्न थाल्यो कोरोना संक्रमण, कुन जिल्लामा कति थपिए?

    काठमाडौँ – नेपालमा कोरोना संक्रमितको संख्या केही दिनयता फेरि बढेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ७१८७ जनामा गरिएको पीसीआर परीक्षणमा १८८९ जना र ४३८१ जनामा गरिएको एन्टिजेन परीक्षणमा १००३ जना गरी कुल २८९२ जनामा संक्रमण पुष्टि भएको हो ।

    यो संख्या मंगलबार संक्रमण पुष्टि भएको २६३६ भन्दा २५६ जनाले बढी हो । त्यस्तै सोमबार २,४४४ जना संक्रमित भेटिएकामा आइतबार १,९२० जनामा मात्र भेटिएका थिए । आइतबारको तुलनामा बुधबार संक्रमितको संख्या झण्डै एक हजार जना बढेको हो ।


    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार अहिले नेपालमा संक्रमणदर २६ प्रतिशत पुगेको छ । प्रवक्ता कृष्णप्रसाद पौडेलले जोखिम अझै नहटेको भन्दै जनस्वास्थ्यको मापदण्ड पालना गर्न आग्रह गर्नुभयो।

    पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा ५७२ जना संक्रमित भेटिएका छन् । जसमध्ये काठमाडौँ जिल्लामा ४३६, ललितपुरमा १८९ र भक्तपुरमा ४७ जना छन् ।

    कोरोना संक्रमणका कारण पछिल्लो २४ घण्टामा ४१ जनाको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा कोरोना संक्रमणमुक्त हुनेको संख्या ३५९७ रहेको छ । हाल देशभर सक्रिय संक्रमितको संख्या ३३ हजार ५६१ रहेको छ । जसमध्ये ३० हजार ५४४ जना होम आइसोलेसनमा र ३०१७ जना संस्थागत आइसोलेसनमा छन् ।

    हालसम्म कोरोना संक्रमणका कारण ९११२ जनाको मृत्यु भएको छ । हालसम्म १७ जिल्लामा सक्रिय संक्रमितको संख्या ५०० भन्दा बढी छ ।

    कुन जिल्लामा कति कोरोना संक्रमित थपिए?

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सबैभन्दा धेरै काठमाडौँमा ४३६, सुनसरीमा १८५, झापामा १७९, मोरङमा १४६, कास्कीमा ११८, ललितपुरमा ८९ र चितवनमा ७९ जनामा कोरोना संक्रमण देखिएको छ ।

    यस्तै पर्वतमा ५६, तनहुँमा ५२, भक्तपुरमा ४७, मकवानपुर र नुवाकोटमा ३६र३६ जना, नवलपरासी पूर्वमा ३२, काभ्रेपलाञ्चोकमा ३१ र कैलालीमा २८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

    रुपन्देहीमा २६, स्याङजामा २५, गुल्मीमा २४, म्‍याग्दीमा २२, सिन्धुपाल्चोकमा २१, पाल्पामा २०, धनुषामा १६, कञ्‍चनपुरमा १४, बर्दिया र सुर्खेतमा १२र१२ जना, धनकुटामा १० जनामा कोरोना संक्रमण देखिएको मन्त्रालयले जनाएको छ ।

    यस्तै १० वर्ष मुनिका ७० बालबालिकामा कोरोना संक्रमण पुष्टि भएको छ भने ११ देखि २० वर्षम उमेर समूहका १७२ जना कोरोना संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।


    बुधवार, आषाढ १६ २०७८०६:२०:०५
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij