Sep 09 2026 | २०८३, भाद्र २४ गते

२०८३, भाद्र २४ गते
  • यो साता चर्चामा :
images

आज काठमाडौँमा नयाँ संक्रमित कति थपिए?

आज काठमाडौँमा नयाँ संक्रमित कति थपिए?

  • शनिवार, श्रावण १० २०७७

  • 652
    SHARES

  • आज काठमाडौँमा नयाँ संक्रमित कति थपिए?

    काठमाडौँ – स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पछिल्लो चौबिस घण्टामा १०९ जना कोरोना संक्रमित थपिएका जनाएको छ। आजसम्म १८ हजार १ सय ८३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

    मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले ४०७५ जनाको पीसीआर परीक्षण गरिएकोमा १०९ जनामा संक्रमण पुष्टि भएको जानकारी दिए।

    उनका अनुसार पछिल्लो चौबिस घण्टामा १०६ जना आइसोलेसन सेन्टरबाट डिस्चार्ज भएका छन् । आजसम्म डिस्चार्ज हुनेहरुको संख्या १३०५३ पुगेको प्रवक्ता डा गौतमले बताए।

    उनका अनुसार अब नेपालमा सक्रिय संक्रमितको संख्या ५३८५ रहेको छ । मृत्यु हुनेको संख्या भने ४५ रहेको छ।

    काठमाडौँमा थप दुई जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यस्तै ललितपुरमा पनि एक जना संक्रमित थपिएका छन् । शुक्रबार काठमाडौँमा १० जना संक्रमित थपिएका थिए।

    नयाँ संक्रमित थपिएका मध्ये झापाका १, खोटाङका १, सप्तरीका ११, पर्साका ८ तथा रौतहटका चार जना छन्। यस्तै सर्लाहीका १, चितवनका १, बाराका ३, मकवानपुरका १, नवलपरासीपूर्वका ४ तथा अछाम १ जना रहेका छन् ।

    यस्तै गुल्मीका ३, कपिलवस्तुका ६, पाल्पाका ४, बाँकेका २, बर्दियाका २, दाङका ५, तनहुँका १, अछामका २, कालीकोटका ३, दैलेखका ३, हुम्लाका १, जाजरकोटका ६, मुगुका २, सुर्खेतका ११, डडेल्धुराकाका ८, डोटीका १३ र बैतडीका ३ जनामा पनि संक्रमण पुष्टि भएको छ ।


    शनिवार, श्रावण १० २०७७०५:१०:५३
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij