काठमाडौं – प्रदेश –१ का मुख्यमन्त्री शेरधन राई पछिल्लो समयमा विवादमा आइरहन्छन् । केही महिनाअघि मात्र हेलिकोप्टरमा ससुराली गएको भनेर उनको आलोचना भएको थियो । त्यसपछि पुनः उनलाई अर्को आरोप लाग्यो ।

एमालेकै कार्यकर्ता बालिका खड्काले उनलाई आफूमाथि यौन दूराचार गरेको आरोप लगाउँदै पार्टीको मुख्य कार्यालय अगाडि नै अपमान गरिन् ।

यी त भए वितका कुरा । आज फेरि मुख्यमन्त्री राई विवादमा आएका छन् । उनले मासिक साढे तीन लाख रुपैयाँभन्दा बढी भाडा तिरेर काठमाडौंमा सम्पर्क कार्यालय सञ्चालन गरिएको पाइएको छ ।
मुख्यमन्त्रीको आवास तथा सम्पर्क कार्यालय सञ्चालनका लागि भनेर काठमाडौंमा महिनाको तीन लाख ५१ हजार ५ सय रुपैयाँ पर्ने घर भाडामा लिइएको हो ।
स्रोतका अनुसार मुख्यमन्त्री राईको सम्पर्क कार्यालयका लागि यति महँगो भाडा तिरेर काठमाडौंको महाराजगन्जस्थित एउटा घर भाडामा लिइएको हो । करिब २ वर्षअघि सम्पर्क कार्यालय सञ्चालनमा छ ।
मुख्यमन्त्रीको यो जीवनशैलीलाई लिएर अहिले सामाजिक सञ्जालमा विभिन्न टिप्पणी भइरहेका छन् । उनले सरकारी ढुकुटीको दुरुपयोग गरेको आरोप लागिरहेको छ ।
‘प्रदेश १ का मुख्यमन्त्री शेरधन राईको आवास तथा सम्पर्क कार्यालय सञ्चालनको नाममा काठमाडौंको महाराजगञ्जमा सरकारी बजेटबाट मासिक रू तीन लाख ५१ हजार तिर्ने गरी घरभाडा लिएका छन् । हेलिकोप्टरे कामरेडको जनताको टाउकोमा खुरिखेल्ने दामरेड रइसीशैली’, पूर्वसचिव भीम उपाध्याय सामाजिक सञ्जालमा लेख्छन् ।
