Jul 29 2026 | २०८३, श्रावण १३ गते

२०८३, श्रावण १३ गते
  • यो साता चर्चामा :
images

काठमाडौंमा सार्वजनिक यातायात खुल्ने, अरु के–के निर्णय भए ?

काठमाडौंमा सार्वजनिक यातायात खुल्ने, अरु के–के निर्णय भए ?

  • सोमवार, आषाढ १४ २०७८

  • 816
    SHARES

  • काठमाडौंमा सार्वजनिक यातायात खुल्ने, अरु के–के निर्णय भए ?

    काठमाडौं – काठमाडौं उपत्यकाका तीनवटै प्रमुख जिल्ला अधिकारी (प्रजिअ)को आज बसेको बैठकले निषेधाज्ञा खुकुलो बनाएर एक साथा लम्ब्याउने निर्णय गरेको छ ।  निर्णयअनुसार मंगलवारदेखि सार्वजनिक यातायातसमेत जोर–विजोर प्रणालीमा सञ्चालन हुनेछन् ।

    बैठकअनुसार व्यवस्थित र स्वास्थ्य मापदण्ड पालन गरेर विहान ६ बजेदेखि बेलुकी ७ बजेसम्म २५ सिट क्षमताभन्दा बढीका यात्रुबाहक सार्वजनिक सवारी साधन चलाउन दिइने निर्णय भएको काठमाडौंका प्रजिअ कालीप्रसाद पराजुलीले जानकारी दिनुभयो ।

    कोरोना भाइरस (कोभिड –१९) सङ्क्रमणमा कमी आएको भन्दै गत सातादेखि नै उपत्यकाभित्र जोर–बिजोर प्रणालीमा निजी सवारीसाधन चलाउन भने दिइएको थियो ।

    योसँगै उपत्यकामा निषेधाज्ञा थप खुकुलो हुँदै गएको छ । दोस्रो लहरको कोभिड–१९ को संक्रमण बढेपछि वैशाख १६ गतेदेखि  निषेधाज्ञा जारी गरिएको थियो ।त्यस्तै लामो दूरीका सवारी साधन भने चलाउन पाइने छैन ।

    सबै किसिमका पसलहरु बिहान ११ बजेदेखि ६ बजेसम्म खोल्न दिइने छ । खाद्यन्य, फलफूल र तरकारीका बजार बिहानैदेखि खुल्ने भएका छन् । यसअघि थपिएको निषेधाज्ञा आज रातिदेखि सकिँदै छ ।


    सोमवार, आषाढ १४ २०७८०१:२४:४१
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij