Jul 29 2026 | २०८३, श्रावण १३ गते

२०८३, श्रावण १३ गते
  • यो साता चर्चामा :
images

सार्वजनिक यातायात सञ्चालन गर्ने–नगर्नेबारे आज निर्णय हुने

सार्वजनिक यातायात सञ्चालन गर्ने–नगर्नेबारे आज निर्णय हुने

  • सोमवार, आषाढ १४ २०७८

  • 719
    SHARES

  • सार्वजनिक यातायात सञ्चालन गर्ने–नगर्नेबारे आज निर्णय हुने

    काठमाडौं – काठमाडौं उपत्यकामा जारी निषेधाज्ञा थप खुकुलो बनाउँदै एक हप्ता थपिने भएको छ ।

    पछिल्लोपटक थपिएको निषेधाज्ञा आज रातिदेखि सकिन लागेकाले केही खुकुलो बनाउँदै एक हप्ता थप्न लागेको काठमाण्डौका प्रमुख जिल्ला अधिकारी (प्रजिअ) कालीप्रसाद पराजुलीले बताउनुभयो ।

    उपत्यकाका पजिअहरुको आइतबारको बैठकले एक हप्ता निषेधाज्ञा थप्नुपर्ने निष्कर्ष निकालेको भए पनि त्यसमा के–कस्ता मापदण्ड कायम गर्ने भन्नेबारेमा आज बस्ने बैठकले निर्णय गर्ने उहाँले बताउनुभयो ।

    उपत्यकामा जोर–बिजोर प्रणालीमार्फत सार्वजनिक गाडी सञ्चालन गर्ने बारेमा छलफल भएको र त्यसबारेमा पनि आज निर्णय हुने पराजुलीले बताउनुभयो ।

    यातायात व्यवसायीहरुले भने जोर बिजोर नभइ स्वास्थ्यका मापदण्ड पालना गराएर सार्वजनिक गाडी सञ्चालन गर्न पाउनुपर्ने माग गरेका छन् । उपत्यकामा गत वैशाख १६ गतेदेखि निषेधाज्ञा जारी भएको हो ।


    सोमवार, आषाढ १४ २०७८०१:०४:०९
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij