Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

हेलम्बुका बाढीपीडितलाई दोहोरीगीत प्रतिष्ठानको सहयोग

हेलम्बुका बाढीपीडितलाई दोहोरीगीत प्रतिष्ठानको सहयोग

  • आइतवार, आषाढ १३ २०७८

  • 1.1K
    SHARES

  • हेलम्बुका बाढीपीडितलाई दोहोरीगीत प्रतिष्ठानको सहयोग

    काठमाडौँ – राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानले सिन्धुपाल्चोकको हेलम्बुका बाढी पीडितलाई राहत सामग्री वितरण गरेको छ।

    प्रतिष्ठान केन्द्रीय समितिको सहयोग तथा जिल्ला समिति सिन्धुपाल्चोकको समन्वयमा हेलम्बुको चिउरीखर्कका ३२ घरपरिवारलाई ६ लाख बराबरको राहत सामग्री वितरण गरिएको हो।

    201900082_161288109388422_4967561478288985429_n.jpgप्रतिष्ठानका केन्द्रीय सचिव रमेशराज भट्टराईका अनुसार बाढी पीडित परिवारलाई घर निर्माणका लागि जस्ता पातासहित लत्ता कपडा र म्याट्रेस लगायतका सामग्री वितरण गरिएको छ।

    प्रतिष्ठानका अध्यक्ष रमेश बिजीसहित पूर्व अध्यक्षहरु बद्री पंगेनी, चन्द्र शर्मा, उपाध्यक्ष दीपक खड्का, महासचिव सुवास केसी, केन्द्रिय सदस्य सुवास रेग्मी सहित उपत्यका समिति अध्यक्ष सुजन लम्साल तथा प्रदेश कोषाध्यक्ष भीम कार्कीसहितको टोली बाढी पीडितलाई राहत वितरण गर्न हेलम्बु पुगेको थियो।


    आइतवार, आषाढ १३ २०७८०७:४४:०७
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij