Jul 25 2026 | २०८३, श्रावण ९ गते

२०८३, श्रावण ९ गते
  • यो साता चर्चामा :
images

कांग्रेस पदाधिकारी बैठक बस्दै, यस्तो छ छलफलको विषय

कांग्रेस पदाधिकारी बैठक बस्दै, यस्तो छ छलफलको विषय

  • आइतवार, आषाढ १३ २०७८

  • 1.1K
    SHARES

  • कांग्रेस पदाधिकारी बैठक बस्दै, यस्तो छ छलफलको विषय

    काठमाडौं – नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको पदाधकारी बैठक डाकेका छन् ।अहिले दिउँसो २ बजेका लागि बोलाइएको बैठकमा क्रियाशिल सदस्यता विवादको विषय छलफल हुने पार्टी मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिनुभएको छ ।

    क्रियाशिल सदस्यता लागि असार ६ गतेसम्म तथा नाम सच्याउन ९ गतेसम्म दिएको समयावधि बढाएर १७ गतेसम्म पु¥याएको कांग्रेसले त्यसअघि नै विवाद मिलाउन देउवाले अग्रसरता लिनुभएको हो ।

    केन्द्रीय सदस्य रमेश लेखक संयोजक रहेको क्रियाशील सदस्यता केन्द्रीय छानविन समितिले उजुरीबारे अध्ययन गरिरहेका बेला सम्भव भएसम्म विवाद मिलाएर महाधिवेशन केन्द्रित अरू कार्यक्रम अघि बढाउने देउवाको तयारी छ ।

    ८ लाख क्रियाशील सदस्य रहेको कांग्रेसमा १० लाख क्रियाशील सदस्य बनाउन खोज्दा विभिन्न जिल्लाबाट उजुरी परेका छन् । ४२ जिल्लाबाट ठूलो संख्यामा उजुरी आएको छ ।

    क्रियाशील सदस्यतामाथिको उजुरी र इन्ट्री हुन बाँकी क्षेत्र तथा जिल्लाबारे सहमति कायम गरेर अगाडि बढ्न पदाधिकारी तहमा छलफल गर्न लागिएको बुझिएको छ । कांग्रेसको महाधिवेशन भदौ १६ देखि १९ गतेसम्म काठमाडौँमा गर्ने तय भएको छ ।

    202926218_2092196164266264_7633731037547899970_n.jpg


    आइतवार, आषाढ १३ २०७८०१:५०:३४
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij