Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

२४७६ संक्रमित थपिए, २७ जनाको मृत्यु

२४७६ संक्रमित थपिए, २७ जनाको मृत्यु

  • शुक्रवार, आषाढ ११ २०७८

  • 628
    SHARES

  • २४७६ संक्रमित थपिए, २७ जनाको मृत्यु

    काठमाडौँ – नेपालमा पछिल्लो चौबिस घन्टामा थप २ हजार ४ सय ७६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

    स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौँ उपत्यकामा शुक्रबार थप ४२७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

    काठमाडौँका ३०८, ललितपुरका ७६ तथा भक्तपुरका ४३ जनामा संक्रमण पुष्टि भएको हो।

    शुक्रबार देशभर २७ जना संक्रमितको मृत्यु भएको छ। यससँगै हालसम्म मृत्यु हुनेको संख्या ८ हजार ९ सय ४५ पुगेको छ।

    यस्तै गत चौबिस घन्टामा ५ हजार ४ सय ५५ जना संक्रमित डिस्चार्ज भएका छन्। गत चौबिस घन्टामा ९ हजार ५ सय ८६ पीसीआर तथा ४ हजार ७ सय ६५ एन्टिजेन परीक्षण भएको छ।


    शुक्रवार, आषाढ ११ २०७८०५:३९:१३
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij