Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

राप्रपाबाट कांग्रेसमा आएका थापासहित ५५ जना महासमिति सदस्यमा मनोनित

राप्रपाबाट कांग्रेसमा आएका थापासहित ५५ जना महासमिति सदस्यमा मनोनित

  • मंगलवार, आषाढ ८ २०७८

  • 827
    SHARES

  • राप्रपाबाट कांग्रेसमा आएका थापासहित ५५ जना महासमिति सदस्यमा मनोनित

    काठमाडौं – नेपाली कांग्रेसले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) छोडेर आफ्नो पार्टीमा आएका सुनिलबहादुर थापासहित ५५ जनालाई महासमिति सदस्यमा मनोनयन गरेको छ । पार्टी केन्द्रिय समितिको बैठकले सहमहामन्त्री थापासहित ५५ जनालाई महासमितिमा मनोनयन गरेको हो । जसमा सहमहामन्त्री थापासहित १० जना काँग्रेस केन्द्रीय समितिमासमेत छन् । सहमहामन्त्री थापा पूर्वप्रधानमन्त्री सूर्यबहादुर थापाका छोरा हुनुुहुन्छ । काँग्रेसमा केन्द्रीय सदस्य स्वतः महाधिवेशन प्रतिनिधि हुने व्यवस्था छ ।

    समायोजनका नाममा थापा समूहका ४५ जनाले भने १४ औं महाधिवेशनको प्रतिनिधि हुने भएकाले वडाबाट चुनाव जितेर आउनुपर्ने कांग्रेस मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिनुभएको छ । कांग्रेसमा महासमिति सदस्य स्वतः महाधिवेशन प्रतिनिधि हुने भए पनि निर्वाचित भएर आउनुपर्ने प्रावधान छ ।

    थापा समूहले १ सय ५० जना महासमिति सदस्य माग गरे पनि आज ५५ जनालाई मात्र समेटिएको छ ।

    महासमितिमा मनोनित हुनेमा सबैभन्दा बढी मोरङ जिल्लाबाट छन् । मनोनित महासमिति सदस्य हुनेहरुमा धनकुटा, सिन्धुपाल्चोक, भोजपुर, बारा, काठमाडौं, ललिपुर, झापा, कैलाली, कपिलवस्तु, कालिकोट, संखुवासभा, भक्तपुर, रामेछाप, सर्लाही, बाजुरा, महोत्तरी, अर्घाखाँची, दाङ र ताप्लेजुङ जिल्लाका छन् । केही जिल्लाको समायोजन हुन बाँकी रहेकाले अझै केही सदस्य थपिने कांग्रेस स्रोतले जनाएको छ ।

     


    मंगलवार, आषाढ ८ २०७८०२:२२:१५
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij