Jul 25 2026 | २०८३, श्रावण ९ गते

२०८३, श्रावण ९ गते
  • यो साता चर्चामा :
images

भारतीय सेनामा नेपाली युवतीको भर्नालाई लिएर अफवाह फैलाइएकोमा भूपू सैनिक महासंघको आपत्ति (विज्ञप्तिसहित)

भारतीय सेनामा नेपाली युवतीको भर्नालाई लिएर अफवाह फैलाइएकोमा भूपू सैनिक महासंघको आपत्ति (विज्ञप्तिसहित)

  • शनिवार, आषाढ ५ २०७८

  • 1.9K
    SHARES

  • भारतीय सेनामा नेपाली युवतीको भर्नालाई लिएर अफवाह फैलाइएकोमा भूपू सैनिक महासंघको आपत्ति (विज्ञप्तिसहित)

    काठमाडौं – भारतीय सेनामा नेपाली युवतीहरुलाई भर्ना लिनेबारे भारतीय सेनाको वेबसाइटमा राखिएको सूचनालाई आधार मानेर गरिएको अफवाहप्रति संयुक्त भूतपूर्व सैनिक एवं प्रहरी कल्याणकारी महासंघले नेपालले आपत्ति जनाएको छ । आज विज्ञप्ति जारी गर्दै महासंघले यसले एक लाख २५ हजारभन्दा बढी भूपू सैनिकहरुको अपमान भएको जनाएको छ ।

    गलत सूचनालाई आधार बनाएर नेपालका मिडिया तथा वुद्धिजीवीहरुले नेपाल र भारतबीचको सदिसौंदेखिको सम्बन्धमा गम्भीर आँच आउने काम गरेको महासंघको ठहर छ ।

    नेकपा (एमााले)का उपाध्यक्ष डा. भीम रावल र राजनीतिक विश्लेषक डा. सुरेन्द्र केसीलगायतले भारतीय सेनामा नेपाली युवतीलाई यौनदासीको रुपमा भर्ना गर्न खोजिएको अभिव्यक्ति दिएको भन्दै महासंघले आपत्ति जनाएको छ । साथै, केही प्रतिष्ठित मानिएका मिडियाहरुले पनि कुरा नबुझीकन गलत समाचार सम्प्रेषण गरेको महासंघका अध्यक्ष कर्णेल धनबहादुर थापा र महासचिव सुबेदार कुलबहादुर केसीद्वारा जारी गरिएको विज्ञप्तिमा उल्लेख छ ।

    201489293_389929482411192_6195258894927198605_n.jpg


    शनिवार, आषाढ ५ २०७८०३:३२:१३
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij