Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

‘बाढी–पहिरो प्रभावितको उद्धार र राहतको व्यवस्था मिलाउन सबैको ध्यान जाओस्’  (विज्ञप्तिसहित)

‘बाढी–पहिरो प्रभावितको उद्धार र राहतको व्यवस्था मिलाउन सबैको ध्यान जाओस्’  (विज्ञप्तिसहित)

  • बिहिवार, आषाढ ३ २०७८

  • 1.0K
    SHARES

  • ‘बाढी–पहिरो प्रभावितको उद्धार र राहतको व्यवस्था मिलाउन सबैको ध्यान जाओस्’  (विज्ञप्तिसहित)

    काठमाडौं – पूर्वराजा ज्ञानेन्द्र शाहले बाढी–पहिरो प्रभावितको उद्धार एवं राहतको व्यवस्था मिलाउन सबै पक्षले गम्भीर ध्यान दिनुपर्ने बताउनुभएको छ ।

    देश कोरोनाको महामारीबाट आक्रान्त भइरहेको समयमा फेरि बाढी, पहिरो, नदी कटान जस्ता प्राकृतिक विपत्ति आइपरेको भन्दै पूर्वराजा शाहले यस्तो बेलामा सबै मिलेर महामारी र प्राकृतिक विपत्तिको न्यूनीकरण गर्नेतर्फ जिम्मेवार बन्नुपर्ने उल्लेख गर्नुभएको छ ।

    आज एक विज्ञप्ति जारी गर्दै पूर्वराजा शाहले मनसुन प्रारम्भ मात्र भएको समयमा नै यति धेरै क्षति भएको भन्दै तीब्र वर्षातको समयमा अझै अवस्था कस्तो होला भन्ने चिन्ता व्यक्त गर्नुभएको छ ।

    वक्तब्यमा पुर्वराजा शाहले हिमाल, पहाड र तराईका धेरै जिल्लामा जनधन तथा भौतिक निर्माणमा क्षति भएको एवं ग्रामीण तथा शहरी वस्तीका बासिन्दाको उठिबास भएको खबरले आफूलाई दुःखित तुल्याएको उल्लेख गर्नुभएको छ ।

    ‘प्राकृतिक विपत्ति सबैको चिन्ताको विषय भएकोले पूर्वसावधानी राख्ने, तयारी गर्ने, सजगता अपनाउने र उद्धार एवं राहतकारी व्यवस्था मिलाउने बिषयमा सबै पक्षको गम्भीर ध्यान जानु पर्छ’, उहाँको आग्रह छ ।

    182006464_501307944257268_1789748980869759650_n.jpg

     


    बिहिवार, आषाढ ३ २०७८१२:२९:५३
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij