Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

कोरोना अपटेडः आज कति थपिए ? कति जनाले गुमाए ज्यान ?

कोरोना अपटेडः आज कति थपिए ? कति जनाले गुमाए ज्यान ?

  • बुधवार, आषाढ २ २०७८

  • 1.2K
    SHARES

  • कोरोना अपटेडः आज कति थपिए ? कति जनाले गुमाए ज्यान ?

    काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा थप २ हजार ८२८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

    ८ हजार ६ सय ८७ जनाको आरटी–पीसीआर गर्दा २ हजार १४ र ४ हजार तीन सय ३५ जनाको एन्टिजेन विधिमार्फत परीक्षण गर्दा ८१४ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

    यस्तै काठमाडौंका ३५४ जना, ललितपुरका ६६ जना र भक्तपुरका ७९ जना गरी काठमाडौं उपत्यकामा थप ४ सय ९९ जनामा संक्रमण पुष्टि भएको छ ।

    योसहित नेपालमा आरटी–पीसीआर विधिबाट गरिएको परीक्षणमा ६ लाख १४ हजार २१६ जना र एन्टिजेन विधिबाट गरिएको परीक्षणमा २३ हजार २१७ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

    पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमणमुक्त हुनेको संख्या ३ हजार ८२ छ भने ५२ जनाको मृत्यु भएको छ । यो सहित कोरोनाबाट मृत्यु हुनेको संख्या ८ हजार ५५८ पुगेको छ भने संक्रमण मुक्त हुनेको संख्या पाँच लाख ४३ हजार ५२१ पुगेको छ ।

    हाल देशभर सक्रिय संक्रमितको संख्या ६२ हजार ११७ रहेको छ । जसमध्ये ५७ हजार ८२६ जना होम आइसोलेसनमा र ४ हजार ३११ जना संस्थागत आइसोलेसनमा छन् ।


    बुधवार, आषाढ २ २०७८०५:२६:१४
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij