Jul 25 2026 | २०८३, श्रावण ९ गते

२०८३, श्रावण ९ गते
  • यो साता चर्चामा :
images
सुरक्षा निकाय हाइ अलर्टमा

देशभर बाढी पहिरोको जोखिम, १८ लाख मानिस विस्थापित हुने अनुमान

देशभर बाढी पहिरोको जोखिम, १८ लाख मानिस विस्थापित हुने अनुमान

  • मंगलवार, आषाढ १ २०७८

  • 1.7K
    SHARES

  • देशभर बाढी पहिरोको जोखिम, १८ लाख मानिस विस्थापित हुने अनुमान

    काठमाडौँ – मनसुनी गतिविधि देशभर सक्रिय भएसँगै बाढी, पहिरो र डुबानको जोखिम बढेको छ । अविरल वर्षाका कारण विभिन्न ठाउँमा विपदका घटनाहरु घट्न थालेका छन् ।

    अझै केही दिन पानी पर्न नरोकिने भएकाले जोखिमयुक्त क्षेत्रका बासिन्दाहरुलाई सतर्क रहन आग्रह गरिएको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाले मुलुकका अधिकांश स्थानमा वर्षा भइरहेको र यो क्रम अझै केही दिन कायमै रहने बताएको छ ।

    विभिन्न नदीहरुमा पानीको बहावले सतर्कता तह नाघेको छ । मौसमविद मञ्जु बासीले देशभर मनसुनी गतिविधि सक्रिय रहेकोले बाढी पहिरो तथा डुबानको जोखिम बढ्न सक्ने बताउनुभयो ।

    विशेष गरी बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा अति भारी वर्षा हुने सम्भावना रहेकोले त्यस क्षेत्रमा प्राकृतिक विपदको उच्च जोखिम रहेको उहाँले बताउनुभयो।

    मनुसन सुरु भएलगत्तै विभिन्न जिल्लामा बाढी पहिरो र डुबानले क्षति गरेका खबरहरु प्राप्त भैरहेका छन् । मौसमविदहरुका अनुसार यस वर्ष औषत भन्दा धेरै वर्षा हुने सम्भावना छ । वर्षा धेरै हुने भएपछि स्वभाविक रुपमा विपदका घटनामा पनि वृद्धि हुने खतरा बढेर गएको छ । प्राकृतिक विपदबाट हुने क्षति न्यूनिकरणका लागि पूर्व तयारीमा जुट्न विज्ञहरुले सरकारलाई आग्रह गरेका छन् ।

    यता तीनव टै सुरक्षा निकायहरुले विपद व्यवस्थापनका लागि तयारी हालतमा रहेको बताएका छन् । नेपाली सेनाका प्रवक्ता सन्तोष वल्लभ पौड्य ालले सेनाले विपद प्रतिकार्य योजना तयार पारेर काम शुरु गरिसकेको जानकारी दिनुभयो । खतरायुक्त स्थानमा सेनासँग भएको आवश्यक स्रोत साधनसहित दक्ष जनशक्ति परिचालन गरिने उहाँले बताउनुभयो ।

    मनसुनमा आइपर्ने बाढी, पहिरो तथा डुबान लगायतका विपदबाट यस वर्ष नेपालका १८ लाख मानिसहरु विस्थापित हुन सक्ने अनुमान गरिएको छ । सशस्त्र प्रहरी बलका प्रवक्ता राजु अर्यालले १८ लाख मानिसहरु विस्थापित हुन सक्ने रिपोर्ट प्राप्त भएको र त्यसको व्यवस्थापनका लागि आफूहरु तयारी हालतमा रहेको जानकारी दिनुभयो ।

    केन्द्रीय कार्यालयबाट परिपत्र गरेर सबै युनिटलाई तयारी अवस्थामा रहन निर्देशन दिइसकिएको उहाँले बताउनुभयो । खतरायुक्त ठाउँको नक्सांकन गरेर बाढी, पहिरो, डुवान के को जोखिम हो त्यसै अनुसार जनशक्ति परिचालन गरीएको उहाँले स्पष्ट पार्नुभयो ।

    यसैगरी नेपाल प्रहरीका प्रवक्ता बसन्त बहादुर कुँवरले विपदको प्रतिकार्य गर्न नेपाल प्रहरीको माथिदेखि तलसम्मको संरचना सक्रिय भइसकेको बताउनुभयो ।

    प्रहरीले केन्द्रका विभिन्न निकाय र स्थानीय तहको विभिन्न निकाय तथा सरोकारवालासँग समन्वय गरेर काम अगाडि बढाइसकिएको उहाँले जानकारी दिनुभयो ।


    मंगलवार, आषाढ १ २०७८०८:११:३२
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij