Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

अधिकारीको अध्यक्षतामा विश्व नेपाली साहित्य प्रतिष्ठान गठन

अधिकारीको अध्यक्षतामा विश्व नेपाली साहित्य प्रतिष्ठान गठन

  • आइतवार, जेठ ३० २०७८

  • 2.4K
    SHARES

  • अधिकारीको अध्यक्षतामा विश्व नेपाली साहित्य प्रतिष्ठान गठन

    काठमाडौं – नेपाली साहित्यको समग्र विकासको लागि भन्दै विश्व नेपाली साहित्य प्रतिष्ठान नेपाल (विनेसाप्र, नेपाल) गठन गरिएको छ । साहित्यकार जनार्दन अधिकारी धड्कनको अध्यक्षता एवम् वरिष्ठ साहित्यकार डा. नारायण गैरेको प्रमुख आतिथ्यमा भएको स्रष्टाहरुको भर्चुअल भेलाले साहित्यकार अधिकारीको अध्यक्षतामा १४ सदस्यीय केन्द्रिय कार्यसमिति गठन गरेको हो ।

    प्रतिष्ठानको उपाध्यक्षहरुमा पुष्कर रेग्मी (पाल्पा), भरत सिग्देल (नुवाकोट), सरस्वती शर्मा जिज्ञासु (पर्वत) चयन हुनुभएको छ ।
    त्यसैगरी, महासचिवमा शिव खनाल जीवम (स्याङ्जा), सचिवमा मनिषकुमार शर्मा समित (भक्तपुर), कोषाध्यक्ष सुधा ढकाल बाँस्कोटा (काठमाडौं) र सहसचिवमा सविता केसी (बझाङ) रहनुभएको छ ।

    केन्द्रिय सदस्यहरुमा खगेन्द्र बस्याल (रुपन्देही), निरु गौतम (मोरङ), दीक्षा सुवेदी (वीरगञ्ज), खगेन्द्र बस्याल (रुपन्देही), लक्ष्मीप्रसाद मिश्र (लमजुङ), सुरेन्द्र शाही (बाजुरा) र भावना खनाल (पाल्पा) रहनुभएको छ ।

    संस्थाको विदेश विभाग प्रमुखको जिम्मेबारी साहित्यकार खगेन्द्र बस्याललाई दिइएको छ । साथै संस्थाको प्रदेश संयोजकहरुमा निरु गौतम (प्रदेश १), दीक्षा सुवेदी (प्रदेश २), लक्ष्मी प्रसाद मिश्र (गण्डकी प्रदेश) र सुरेन्द्र शाही गुलाब कान्छो (सुदुरपश्चिम प्रदेश) संयोजक तोकिनुभएको छ । केन्द्र र प्रदेशलाई चाँडै नै पूर्णता दिइने नवगठित समितिका अध्यक्ष जनार्दन अधिकारी धड्कनले बताउनुभयो । प्रतिष्ठानको सल्लाहकारमा वरिष्ठ साहित्यकार डा. नारायण गैरेलाई मनोनयन गरिएको छ ।

    प्रतिष्ठानको विभिन्न विधा संयोजक, प्रकाशन तथा प्रसारण विभाग, नियमित कार्यक्रम विभाग, साजसज्जा विभाग, प्रशिक्षण विभाग लगायतका दर्जनौं विभागहरु गठन गर्न बाँकी छ । प्रतिष्ठानले नेपाली भाषाभाषी रहेका विश्वका सबै देश र नेपालका सबै स्थानीय तहहरुमा आफ्नो संगठन बिस्तार गर्ने योजना बनाएको छ ।

    कार्यक्रममा बोल्दै वरिष्ट साहित्यकार डा. नारायण गैरेले संस्था गठन र विश्वव्यापी संन्जाल निर्माणले नेपाली साहित्यको विकासमा महत्वपूर्ण टेवा पुग्ने विश्वास व्यक्त गर्नुभयो ।

    कार्यक्रमको अन्त्यमा अध्यक्ष धड्कनले सबैको समर्थनबाट पाएको जिम्मेवारी नेपाली साहित्यको विकासमा इमान्दारीपूर्वक सबैको साथ लिएर पूरा गर्ने अठोट व्यक्त गर्नुभयो ।

    देश–विदेशका उल्लेख्य स्रष्टाहरुको सहभागिता रहेको कार्यक्रमको सञ्चालन स्रष्टा निरु गौतमले गर्नुभएको थियोे भने साहित्यकार शिव खनाल जीवमले स्वागत मन्तव्य राख्नुहुँदै कार्यक्रमको औचित्यता माथी प्रकाश पार्नुभएको थियोे ।

     

     

     


    आइतवार, जेठ ३० २०७८०१:५४:२३
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij