Jul 25 2026 | २०८३, श्रावण ९ गते

२०८३, श्रावण ९ गते
  • यो साता चर्चामा :
images

कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक बिहीबार बस्ने

कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक बिहीबार बस्ने

  • आइतवार, जेठ ३० २०७८

  • 1.1K
    SHARES

  • कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक बिहीबार बस्ने

    काठमाडौं – नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक बिहीबार ( असार ३ गते) बस्ने भएको छ ।

    पार्टी केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले आज एक विज्ञप्ति जारी गरी असार ३ गते दिउँसो २ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बैठक बस्न लागेको जानकारी दिनुभएको हो ।

    बैठकमा पार्टीको आसन्न १४ औँ महाधिवेशन र समसामयिक राजनीति घटनाक्रमबारे छलफल हुने मुख्यसचिव पौडेलले बताउनुभयो ।

    कांग्रेसले बैैठकमा सहभागी हुनका लागि पार्टीका केन्द्रीय कार्यसमितिका पदाधिकारी, केन्द्रीय सदस्य तथा आमन्त्रित केन्द्रीय सदस्यलाई उपस्थितिका लागि निर्देशानुसार अनुरोधसमेत गरेको छ ।

     


    आइतवार, जेठ ३० २०७८१२:३२:२९
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij