Jul 25 2026 | २०८३, श्रावण ९ गते

२०८३, श्रावण ९ गते
  • यो साता चर्चामा :
images

कसले गर्यो ज्ञानेन्द्र शाहीको समूहमाथि आक्रमण ? प्रहरी भन्छ, ‘दुई समूहबीच झडप भएको हो’

कसले गर्यो ज्ञानेन्द्र शाहीको समूहमाथि आक्रमण ? प्रहरी भन्छ, ‘दुई समूहबीच झडप भएको हो’

  • शनिवार, जेठ २९ २०७८

  • 1.1K
    SHARES

  • कसले गर्यो ज्ञानेन्द्र शाहीको समूहमाथि आक्रमण ? प्रहरी भन्छ, ‘दुई समूहबीच झडप भएको हो’

    काठमाडौं – भ्रष्टाचारविरुद्धको अभियन्ता भनेर निनिएका ज्ञानेन्द्र शाहीको समूहमाथि सुर्खेतमा आक्रमण भएको छ । जिल्लाको वीरेन्द्रनगर नगरपालिका–१३ करेखोला भन्ने स्थानमा गएराति आक्रमण भएको हो ।

    १० करोड बराबरको स्वास्थ्य सामग्री लिएर देश दौडाहा मा निस्केका वेला आफूहरुमाथि आक्रमण भएको कलाकारसमेत रहेका अभियन्ता तिलक बस्नेतले जानकारी दिनुभएको छ ।

    ‘रातिको १० बजेतिर करे खोलामा हामीमाथि कुटपिट भयो, मलगायत मेरो गाडीमा भएका अभियन्ता बाच्न सफल भयौँ’, उहाँले सामाजिक सञ्जालमा लेख्नुभएको छ, ‘तर ज्ञानेन्द्र शाही बसेको गाडी तोडफोड मात्र भएन उहाँमाथि आक्रमणसमेत भयो ।’

    यता, अभियन्ता शाहीले पनि आफूसहित राजेश महत, कृष्ण पाण्डे, तिलक बस्नेत, नितु खड्का, लोकबहादुर रोकाय, शान्त शर्मा, सीता आचार्य, महेश बिसी र खगेन्द्र बजगाईंमाथि आक्रमण भएको सामाजिक सञ्जालमा उल्लेख गर्नुभएको छ ।

    ‘हाम्रो नेपाल हामी नेपाली’ अभियानका केन्द्रीय सचिव भिमबहादुर शाहीले करेखोला भन्ने ठाउँमा खाना खाएर बजारतिर फर्किंदै गर्दा मापसे गरेको समूहले आक्रमण गरेको बताउनुभयो ।

    निषेधाज्ञाको समयमा समस्यामा परेकाहरुलाई सहयोग गर्न भन्दै शाहीसहितको समूह देशका बिभिन्न जिल्लामा पुग्दै आएको छ ।

    यसैबीच, जिल्ला प्रहरी कार्यालय सुर्खेतले आक्रमणमा संलग्न पाँच जनालाई नियन्त्रणमा लिएको जनाएको छ ।

    शाहीको समूह र स्थानीयबीच झडप भएको सुर्खेतका प्रहरी प्रमुख राजेन्द्र भट्टले बदाबी गर्नुभएको छ ।

    यहीबीच, अभियन्ता शाहीले सामाजिक सञ्जालमा एउटा भिडियो पोष्ट गर्नुभएको छ । सो भिडियोमा शाहीले रुँदै घाइते एक युवकलाई अँगालो हालेको देख्न सकिन्छ । टाउकोको पछाडिको भागबाट रगत बगिरहेको देखिने ती युवकको प्राथमिक उपचार भइरहेको छ ।

     


    शनिवार, जेठ २९ २०७८०१:५१:२७
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij