Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

एमालेले नै जोगाइदियो सुदूपश्चिममा माओवादी केन्द्रको सरकार

एमालेले नै जोगाइदियो सुदूपश्चिममा माओवादी केन्द्रको सरकार

  • मंगलवार, जेठ २५ २०७८

  • 784
    SHARES

  • एमालेले नै जोगाइदियो सुदूपश्चिममा माओवादी केन्द्रको सरकार

    काठमाडौं - नेकपा (एमाले)को माधवकुमार नेपाल समूहको समर्थनका कारण सुदूरपश्चिम प्रदेशमा माओवादी केन्द्र नेतृत्वको सरकार जोगिएको छ ।

    प्रदेशसभामा आज भएको मत विभाजनमा एमालेको नेपाल पक्षले मुख्यमन्त्री त्रिलोचन भट्टको पक्षमा मतदान गरेको हो ।

    ५१ सांसद उपस्थित भएकोमा मुख्यमन्त्री भट्टको पक्षमा ३० र विपक्षमा ९ मत प¥यो । कांग्रेसका १२ जना सांसद तटस्थ बसका थिए ।

    विश्वास जित्नका लागि २७ मत आवश्यक थियो ।

    सरकारलाई दिएको समर्थन फिर्ता गर्ने संस्थापन एमालेको निर्णयपछि मुख्यमन्त्री भट्टले विश्वासको मत लिएका हुन् ।

    एमाले संस्थापन पक्षले विपक्षमा मतदान गर्न निर्देशन दिएपछि सुदूरपश्चिम प्रदेशसभामा नेपाल पक्ष हाबी हुँदा उनीहरूले केन्द्रको निर्देशन मानेनन् ।
    मतगणना सम्पन्न भएपछि भट्टले विश्वासको मत प्राप्त गरेको घोषणा गर्दै सभामुख अर्जुनबहादुर थापाले भने, “मतदानमा उपस्थित ५१ मध्ये ३० मत परेको र कायम भएको सङ्ख्याको बहुमत भएकाले विश्वासको मत प्राप्त गरेको घोषणा गर्दछु ।“


    मंगलवार, जेठ २५ २०७८१२:४७:२३
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij