काठमाडौं - गैरआवसीय नेपाली संघ (एनआरएनए) जापानमा आर्थिक अनियमितता भएको आरोप लागेपछि कार्यसमितिका सदस्य राजेश खनालले आफ्नो पदबाट राजीनामा दिनुभएको छ । आर्थिक अनियमिततालाई छानबिन गर्न सघाउन आफूले राजीनामा दिएको उहाँले हालै एक वक्तव्य जारी गर्दैं बताउनुभएको छ ।
वक्तव्यमा खनालले सत्य तथ्य प्रस्ट रुपमा नआउँदासम्म एनआरएनए जापानका सम्पूर्ण कार्यलाई निलम्बन गर्न आग्रहसमेत गर्नुभएको छ ।
यसअघि एनआरएनए जापानमा आर्थिक घोटला भएको प्रतिबेदन उच्चस्तरीय छानबिन समितिले सार्बजनिक गरेको थियो ।
यस्तो छ खनालले जारी गरेको वक्तव्य :
एनआरएनए जापानको कार्यसमिति र पदाधिकारीमाथि केही समयअगाडि लागेको आरोपकाबारेमा यहााहरुलाई प्रस्ट रुपमा जानकारी रहेको साथै एनआरएन आइसिसीको पहलमा नै छानबिन समिति गठन गरिएको र उक्त समितिले लामो समय पछिको गहन अध्ययनपछि आज एनआरएन आइसिसीका बरिस्ठ पदाधिकारीहरु उपस्थित भई छानबिन समितिको अस्पस्ट प्रतिवदेनको पूर्णपाठको लामो फेहरिस्त सुनाइएको छ । जापानको सरकारी निकायमा नन् प्रोफिट संस्थाको रुपमा दर्ता भएको यस सस्थालाई हल्का रुपमा राखी सम्पूर्ण जापानबासी तथा एनआरएनएसँग आबद्ध सदस्यको मनोबल गिराउने कार्य गरेको छ । साथै, छानबिन समितिले अस्पस्ट रुपमा एनआरएनए जापानमा प्रस्ट रुपमा आर्थिक अनियमिता भएको तर कहाँ र कसरी भएको भन्ने कुरा अस्पस्ट राखी अन्योल माहोल बनाएको र आफू एनआरएनए जापानको कार्यसमितिमा पहिलोपटक रहेको र यस संस्थाप्रति रहेको आस्थामाथि नै प्रश्न चिन्ह लागेको महसुस भएको छ । यसर्थ, यस एनआरएनए जापानको कार्यसमिति सदस्यको पदबाट राजीनामा दिँदै सत्य तथ्य प्रस्ट रुपमा नआउँदाका दिनसम्म यस संस्थाका सम्पूर्ण कार्यलाई निलम्बित गरी सत्य तथ्य बाहिर ल्याउनु हुन अनुरोध गर्दछु ।
राजेश खनाल कार्यसमिति सदस्य
एनआरएनए जापान १९–२१
बोधार्थ महासचिब एनआरएनए आइसिसी ।