काठमाडौँ – नेपालमा पछिल्लो २४ घण्टामा थप ३४७९ जनामा संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १०४७१ पीसीआर परीक्षणबाट ३०२४ र ३२६२ एन्टिजेन परीक्षणमा ४५५ जना गरी ३४७९ जनामा संक्रमण पुष्टि भएको हो ।
त्यस्तै पछिल्लो २४ घण्टामा ६,६३६ जना संक्रमणमुक्त भएका छन् । थपिएका कोरोना संक्रमितभन्दा निको हुनेको संख्या करिब दोब्बर रहेको छ।
पिसिआर र एन्टिजेनसहित कुल १३ हजार ७३३ जनाको नमुना परीक्षण भएको हो।
हाल देशभर ८९ हजार २१७ जना सक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ। मन्त्रालयका अनुसार कोरोनाबाट मुक्त हुनेको दर ८३.५ प्रतिशत रहेको छ।
आइतबार काठमाडौँ उपत्यकामा १ हजार १३१ जना संक्रमित थपिएका छन्। काठमाडौँ जिल्लामा ७३१, भक्तपुरमा १४६ र ललितपुरमा २५४ जना संक्रमित थपिएको मन्त्रालयले जनाएको छ।
त्यस्तै कोरोना संक्रमणबाट चौबिस घण्टामा थप ९९ जनाको मृत्यु भएको छ।