Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

क्रान्तिको नयाँ झन्डा उठाउने माधव समूहका जनसंगठनको चेतावनी

क्रान्तिको नयाँ झन्डा उठाउने माधव समूहका जनसंगठनको चेतावनी

  • बिहिवार, जेठ २० २०७८

  • 972
    SHARES

  • क्रान्तिको नयाँ झन्डा उठाउने माधव समूहका जनसंगठनको चेतावनी

    काठमाडौँ – नेकपा एमालेको वरिष्ठ नेता माधवकुमार नेपाल समूह निकट जनसंगठनहरुले पार्टी विधान विपरीत भएका निर्णय सच्याउन अध्यक्ष केपी शर्मा ओलीसँग आग्रह गरेका छन् ।

    बिहीबार १७ जनसंगठनका प्रमुखले संयुक्त वक्तव्य जारी गर्दै फागुन २८ यता अध्यक्ष ओलीले गरेका निर्णय सच्याउन पनि माग गरेका छन् ।

    तर ओली एमालेको नवौं महाधिवेशनबाट निर्वाचित नेतृत्व विघटन गर्दै पार्टी र कम्युनिष्ट आन्दोलन बिसर्जनतिर लागेको भन्दै उनीहरुले आपत्ति जनाएका छन् । पार्टी नेताहरुलाई अवैधानिक ढंगले निष्कासन गरिएको उनीहरुले विज्ञप्तिमा उल्लेख गर्दै फिर्ता लिन माग गरेका छन् ।

    ‘पार्टीको नवौं राष्ट्रिय महाधिवेशनको मार्गनिर्देशन र पार्टी विधानको विपरीत बनेको अवैध कमिटी र अध्यक्षले गरेको यो कारबाही आफैंमा अर्थहीन छ । यस प्रकारको स्वेच्छाचारी निर्णयको हामी भर्त्सना गर्दछौं । तत्काल फिर्ता लिन माग गर्दछौं’, विज्ञप्तिमा उल्लेख छ ।

    तर यदि एमाले पार्टी संरचना, विधान र नेतृत्व २ जेठ २०७५ अगाडिको अवस्थामा नल्याइए अलग पार्टी बनाउने चेतावनी पनि दिइएको छ ।

    ‘जनताको लामो र कठोर संघर्षबाट प्राप्त उपलब्धिहरुको रक्षाको निम्ति, गौरवमय इतिहास बोकेको पार्टी र आन्दोलनको रक्षाको निम्ति पार्टीलाई नयाँ शिराबाट एकताबद्ध गरेर क्रान्तिको नयाँ झन्डा उठाउनुपर्नेछ । इतिहासको यो आदेश र आवश्यकताका निम्ति नयाँ प्रतिवद्धता र दृढताका साथ उभिन हामी तयार रहेको पनि जानकारी गराउन चाहन्छौं’, विज्ञप्तिमा भनिएको छ ।

    १८ जेठमा ओली निकट जनसंगठनहरुले पनि संयुक्त वक्तव्य जारी गरेर प्रधानमन्त्री र सरकारका गतिविधि विपरीत संलग्न नेताहरुलाई निष्कासनको माग गरिएको थियो । 


    बिहिवार, जेठ २० २०७८०५:१९:४३
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij