Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images
कोरोनामुक्त भएपछि पूर्वराजा ज्ञानेन्द्रको सन्देश :

‘कोरोना परास्त गर्न आफ्नै संकल्प र बाहिरी सहयोगको आवश्यकता पर्दछ’ (भिडियोसहित)

‘कोरोना परास्त गर्न आफ्नै संकल्प र बाहिरी सहयोगको आवश्यकता पर्दछ’ (भिडियोसहित)

  • बिहिवार, जेठ २० २०७८

  • 906
    SHARES

  • ‘कोरोना परास्त गर्न आफ्नै संकल्प र बाहिरी सहयोगको आवश्यकता पर्दछ’ (भिडियोसहित)

    काठमाडौं - पूर्वराजा ज्ञानेन्द्र शाह र पूर्वरानी कोमल शाहले कोरोना भाइरसमुक्त भएसँगै आज एक सन्देश जारी गर्नुभएको छ । उहाँहरुले भिडियो सन्देशमार्फत आफूहरु अस्वस्थ्य रहेको समय शुभकामना दिने सबैप्रति आभार व्यक्त गर्नुभएको छ ।

    महामारीको समयमा अग्रपंक्तिमा रही काम गरिहेका सबैलाई धन्यवाद दिँदै पूर्वराजा ज्ञानेन्द्रले महामारी नियन्त्रणका लागि आफ्नै संकल्प र बाहिरी सहयोगको आवश्यकता औंल्याएका भएको छ ।

    ‘हाम्रो स्वास्थ्यबारे चिन्ता र चासोका साथ शुभकामना दिनुहुने देशभित्र र बाहिर रहनुहुने सवै नेपालीहरुमा आभार व्यक्त गर्दछौं’, २ मिनेट ३२ सेकेन्डको भिडियो सन्देशमा पूर्वराजा ज्ञानेन्द्रले भन्नुभएको छ, ‘ यस महामारीमा दिनरात आफ्नो दायित्व र मानविय कार्य गर्ने सबै अग्रपंक्तिमा रहनुभएका स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, सफाइकर्मी तथा सामाजिक कार्यकर्ताहरूमा हामी अन्तर आत्मादेखि धन्यवाद दिन चाहन्छौं ।’

    सन्देशमा पूर्वराजा ज्ञानेन्द्रले कोरोना नियन्त्रण गर्नका लागि हाम्रो आफ्नै संकल्प र बाहिरी सहयोगको आवश्यकता पर्ने बताउनुभएको छ । साथै, उहाँले प्राप्त अन्तर्राष्ट्रिय सहयोगको लागि पनि धन्यवाद दिनुभएको छ ।

    ‘अहिले हामी पूर्ण स्वास्थ्यलाभको क्रममा छौं तर देशभित्र र बाहिरको महामारीको अवस्था प्रति हामी चिन्तित छौं । महामारीको प्रक्रिया जारी छ । यसलाई नियन्त्रण गर्नका लागि हाम्रो आफ्नै संकल्प र बाहिरी सहयोगको आवश्यकता पर्दछ’, उहाँले भन्नुभउको छ, ‘प्राप्त अन्तर्राष्ट्रिय सहयोगको लागि पनि धन्यवाद दिन चाहन्छु । म सवैलाई सुरक्षित, सावधान र स्वास्थ्य रहन आग्रह गर्दछु ।’

    पूर्वराजा ज्ञानेन्द्रले उपचारका क्रममा रहेका सबै नेपालीहरुको शिघ्र स्वास्थ्यलाभको कामनासमेत गर्नुभएको छ ।

    ‘उपचारको क्रममा रहनुभएका सबै नेपालीहरुको शिघ्र स्वास्थ्यलाभको कामना साथसाथै महामारीको क्रममा जीवन गुमाउनुहुने सबैमा चिर शान्तिको कामना गर्दछु’, उहाँले थप्नुभएको छ, ‘श्री पशुपतिनाथले ती सबैको परिवारमा धैर्य धारणको लागि शक्ति प्रदान गरुन् ।’

    भिडियोमा पूर्वरानी कोमलले भने अक्सिजन सपोर्ट लिइरहेको देखिन्छ ।

     


    बिहिवार, जेठ २० २०७८०३:१४:०१
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij