Jul 29 2026 | २०८३, श्रावण १३ गते

२०८३, श्रावण १३ गते
  • यो साता चर्चामा :
images

उपत्यकामा जेठ मसान्तसम्म निषेधाज्ञा, किराना पसल भने खुल्ने (विज्ञप्तिसहित)

उपत्यकामा जेठ मसान्तसम्म निषेधाज्ञा, किराना पसल भने खुल्ने (विज्ञप्तिसहित)

  • बुधवार, जेठ १९ २०७८

  • 1.2K
    SHARES

  • उपत्यकामा जेठ मसान्तसम्म निषेधाज्ञा, किराना पसल भने खुल्ने (विज्ञप्तिसहित)

    काठमाडौं - काठमाडौं उपत्यकामा जेठ २१ गतेदेखि पुनः ११ दिन निषेधाज्ञा थप भएको छ । आज काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारी (प्रजिअ)को बैठकले जेठ ३१ गतेसम्म निषेधाज्ञा थप गर्ने निर्णय गरेको हो ।

    यसअघि वैशाख १६ गतेदेखि सुरु भएको निषेधाज्ञा थप गर्दै जेठ २० गतेसम्म पु¥याइएको छ । जेठ १४ गतेदेखि किराना पसलहरु पनि बन्द गरिएको थियो । अब भने किराना पसल बिहान ९ बजेसम्म खुला गर्ने निर्णय भएको काठमाडौंका प्रजिअ कालीप्रसाद पराजुलीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

    यसपटक निर्माण सामग्री ओसार पसार गर्ने गाडी रातिको समयमा चल्न दिने तयारी रहेको काठमाडौंका प्रजिअ पराजुलीले बताउनुभयो ।

    प्रजिअले जारी गरेको विज्ञप्ति यस्तो छ :

    1.jpg2.jpg3.jpg4.jpg


    बुधवार, जेठ १९ २०७८०४:०३:३१
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij