Jul 25 2026 | २०८३, श्रावण ९ गते

२०८३, श्रावण ९ गते
  • यो साता चर्चामा :
images

मलेसियामा भ्यान दुर्घटना हुँदा एकजना नेपालीको मृत्यु, आठ नेपाली घाइते

मलेसियामा भ्यान दुर्घटना हुँदा एकजना नेपालीको मृत्यु, आठ नेपाली घाइते

  • बुधवार, जेठ १९ २०७८

  • 1.6K
    SHARES

  • मलेसियामा भ्यान दुर्घटना हुँदा एकजना नेपालीको मृत्यु, आठ नेपाली घाइते

    एजेन्सी - मलेसियाको जोहर बारुमा एक सेक्युरिटी भ्यान दुर्घटनामा १ जना नेपालीको मृत्यु भएको छ । अन्य ८ जना नेपाली घाइते भएका छन् ।

    दुर्घटनामा गाडी चालक स्थानीय मलेसियालीको पनि मृत्यु भएको छ । लार्किन फायर स्टेशनका प्रमुख डेप्युटी फायर सुपरिटेन्डेन्ट मोहम्मद सुहाइमी अब्दुल जमालले मलेमेलसँग कुरा गर्दै एक स्थानीयले चलाइरहेको टोयोटा हाइस भ्यानमा ९ जना नेपाली सुरक्षा गार्ड रहेको बताएका छन् ।

    सुहाइमीका अनुसार दुर्घटनाग्रस्त भ्यानमा चालकसहित १० जना थिए । ती सबैको उमेर २५ देखि ४० वर्ष बीचमा रहेको उनले बताए ।

    अन्य घाइतेहरुमध्ये ३ जनालाई गम्भीर चोट लागेको छ । बाँकी ५ जना भने सामान्य चोट लागेर बचेका छन् ।

     


    बुधवार, जेठ १९ २०७८०३:३१:४८
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij