Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

एकै दिन ७,२२६ संक्रमणमुक्त, १०६ जनाको मृत्यु

एकै दिन ७,२२६ संक्रमणमुक्त, १०६ जनाको मृत्यु

  • बिहिवार, जेठ १३ २०७८

  • 842
    SHARES

  • एकै दिन ७,२२६ संक्रमणमुक्त, १०६ जनाको मृत्यु

    काठमाडौँ – पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमणमुक्त हुनेको संख्या ७,२२६ पुगेको छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ६,९३९ जना नयाँ संक्रमित भेटिँदा ७,२२६ जना संक्रमणमुक्त भएका हुन् ।

    २० हजार ४१४ पीसीआर परीक्षणमा ६७३१ र ५७८ एन्टिजेन परीक्षणमा २०८ जना गरी पछिल्लो २४ घण्टामा ६,९३९ नयाँ संक्रमित भेटिएका हुन् ।

    योसँगै नेपालमा कोरोना भाइरस संक्रमितको कुल संख्या ५ लाख ४२ हजार २५६ पुगेको छ । जसमध्ये १ लाख १६ हजार ४७६ जना सक्रिय संक्रमित रहेका छन् ।

    पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमणका कारण १०६ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ ।

    योसँगै नेपालमा कोरोना भाइरस संक्रमणका कारण मृत्यु हुनेको संख्या ६,९५१ पुगेको छ ।


    बिहिवार, जेठ १३ २०७८०५:०४:५०
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij