Jul 29 2026 | २०८३, श्रावण १३ गते

२०८३, श्रावण १३ गते
  • यो साता चर्चामा :
images

प्रतिनिधिसभा पुर्नस्थापनाको पूर्णपाठ नआउँदै फेरि विघटन हुनु गम्भीर त्रुटि: प्राध्यापक संघ

प्रतिनिधिसभा पुर्नस्थापनाको पूर्णपाठ नआउँदै फेरि विघटन हुनु गम्भीर त्रुटि: प्राध्यापक संघ

  • बुधवार, जेठ १२ २०७८

  • 1.2K
    SHARES

  • प्रतिनिधिसभा  पुर्नस्थापनाको पूर्णपाठ नआउँदै फेरि विघटन हुनु गम्भीर त्रुटि: प्राध्यापक संघ

    काठमाडौँ । प्रतिनिधीसभा पुर्नस्थापना गरेको पूर्ण पाठ नआउँदै दोस्रो पटक प्रतिनिधि सभा विघटन गरिएकोप्रति नेपाल प्राध्यापक संघले आश्चर्य प्रकट गरेको छ ।

    संघले अदालतको मानहानी हुनेगरी प्रधानमन्त्री र राष्ट्रपतिले प्रतिनिधि सभा विघटन गर्नु आफैमा गम्भीर त्रुटि र भत्सर्नायोग्य रहेको जनाएको छ ।

    संघका अध्यक्ष प्रा. डा. बुद्ध बहादुर थापाले वक्तव्य जारी गर्दैै प्रतिनिधि सभाको विघटनसहितका पछिल्ला केही राजनीतिक घटनाक्रमले संविधानको मूल मर्म, आशय र प्रावधानहरुमानै प्रतिकूल प्रभाव पारेको उल्लेख गर्नु भएको छ ।

    वक्तव्यमा लेखिएको छ, “नेपालकोे राजनीतिक स्थिरताका खातिर व्यक्त भएका सबै आन्दोलनहरु र त्यसैको सापेक्षतामा रहेर निर्माण भएको नेपालको संविधान-२०७२ प्रति हामी सबैको आस्था, भरोसा, सम्मान र योगदान रहेको छ । तर पछिल्ला केही घटनाबाट संविधान क्रमशः कमजोर हुँदै जाने र प्राप्त उपलब्धीहरु गुम्न गई राजनीतिक अस्थिरता झनै बढेर जाने होकी ? भन्ने यस संघको बुझाई र चिन्ताको विषय रहेको छ ।”

    संविधानको रक्षा, संवैधानिक भावना अनुरुप त्यसको सहज कार्यान्वयन र कोभिड–१९ को नियन्त्रण गर्नु नै अहिलेको प्रमुख प्राथमिकता हुनुपर्ने प्राध्यापक संघको ठहर छ ।

    महंगो मध्यावधी निर्वाचन नगरेर यसमा लाग्ने खरबौँ रकमबाट खोपको सहज पहुँच पु¥याउँदै सातै प्रदेशहरुमा अस्पतालको निर्माण गरी महामारीको विरुद्ध उभिनुनै अहिलेको प्रमुख दायित्व भएको संघले जनाएको छ ।

    नागरिकहरुलाई समयमै खोप लगाउने विषयमा राज्यले विलम्ब गरिरहेकोप्रति असन्तुष्टि जनाउदै संघले विश्वविद्यालय, सामुदायिक क्याम्पसहरु र विद्यालयहरुका प्राध्यापक, शिक्षक-विद्यार्थी लगायतलाई खोपको प्राथमिकतामा नपारेकैकाले यस क्षेत्रमा संक्रमित र दिवंगत हुनेहरुको संख्या बढेको दावी गरेको छ ।

    स्वास्थ्य र शिक्षा जस्तो संवेदनशील क्षेत्रलाई राज्यले पहिलो प्राथमिकतामा राखेर त्यसमा नागरिकहरुको सर्वशुलभ ढंगबाट पहुँच पु¥याइनु पर्छ भन्ने संघले उठाउँदै आएको वक्तव्यमा स्मरण गराइएको छ ।

    महामारीको दोस्रो लहर नेपालमा भित्रिदै छ भन्ने संकेत छिमेकी मुलुक भारतमा भएको दर्दनाक अवस्थाबाट पाउदा पाउदै पनि समयमानै हाम्रा नाकामा र मुलुक भित्र उपयुक्त व्यवस्थापन गर्न नसक्नु गम्भीर कमजोरी र लापर्वाही भएको संघले आरोप लगाएको छ ।

    विषेश गरेर सरकार एक आपसी आन्तरिक कलह, ठुलाठुला आमसभा र आरोप प्रत्यारोपमा रमाउँदै राजनीतिक शक्ति संघर्षको फोहोरी खेलमा व्यस्त भएको तर राजनीतिक नेतृत्वमा मानवीय संवेदना र जनउत्तरदायित्वको भावना नदेखिएको प्राध्यापक संघका अध्यक्ष थापाद्धारा जारी वक्तव्यमा उल्लेख गरिएको छ ।

     

     


    बुधवार, जेठ १२ २०७८०७:५५:१७
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij