विराटनगर । प्रदेश एक प्रहरी कार्यालयका थप चार जना प्रहरी अधिकारीमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । बुधबार एक जना प्रहरी अधिकृतमा कोरोना पुष्टि भएको थियो ।
बिहीबार (आज) थप चार जनामा संक्रमण पुष्टि भएको प्रदेश प्रहरी कार्यालय, विराटनगरका एसपी दीपक पोखरेलले जानकारी दिनुभयो ।
प्रदेश प्रहरी कार्यालयका ११ जना अधिकारीमा गरिएको परीक्षणमा पाँच जनामा संक्रमण पुष्टि भएको हो । एसपी पोखरेलका अनुसार बिहीबार १५० जनाको स्वाब संकलन गरेर परीक्षणका लागिएको छ ।