Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

ओलीले बोलाए स्थायी कमिटीको आकस्मिक बैठक, नेपाल समूहमाथि कारबाहीको सम्भावना कति ?

ओलीले बोलाए स्थायी कमिटीको आकस्मिक बैठक, नेपाल समूहमाथि कारबाहीको सम्भावना कति ?

  • शनिवार, जेठ ८ २०७८

  • 1.0K
    SHARES

  • ओलीले बोलाए स्थायी कमिटीको आकस्मिक बैठक, नेपाल समूहमाथि कारबाहीको सम्भावना कति ?

    काठमाडौं - प्रधानमन्त्रीसमेत रहेका नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले पार्टी स्थायी कमिटीको आकस्मिक बैठक बोलाउनुभएको छ । बैठक प्रधानमन्त्री निवास बालुवाटारमा अपराह्न ४ बजे बस्ने बताइएको छ ।

    बैठकमा माधकुमार नेपाल समूहका नेता-कार्यकर्तामाथि ओलीले कारबाही गर्नसक्ने सम्भावना रहेको बालुवानिकट उच्च स्रोतले जनाएको ।

    बैठकमा मध्यावधि निर्वाचन, विकसित राजनीतिक परिस्थिति र दलको आन्तरिक जीवन विषयमा पनि छलफल हुने बताएको छ ।।

    राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्रीको सिफारिसअनुसार गएराति प्रतिनिधिसभा विघटन गर्दै आगामी कात्तिक २६ र मङ्सिर ३ गते मध्यावधि निर्वाचन मिति तोक्नुभएको । यस कदमलाई प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसलगायत दलले असंवैधानिक ठहर गरेका छन् ।

    यसैबीच, कांग्रेस, नेकपा (माओवादी केन्द्र)लगायतका विपक्षी दलको बैठक अहिले बस्दै छ । संसद् विघटनपछि उत्पन्न भएको घटनाक्रमबारे रणनीति बनाउन बैठक बसेको बताइएको छ । संसद् विघटनविरुद्ध आन्दोलका कार्यक्रम घोषणा हुने नेताहरुले बताएका छन् ।

     


    शनिवार, जेठ ८ २०७८१२:५१:२२
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij