Jul 25 2026 | २०८३, श्रावण ९ गते

२०८३, श्रावण ९ गते
  • यो साता चर्चामा :
images
नारायण रायमाझीले ल्याए कोरोना कहरसँग सम्बन्धित गीत

'छिनको छिनमा मर्दा रैछन्' (भिडियोसहित)

'छिनको छिनमा मर्दा रैछन्' (भिडियोसहित)

  • शुक्रवार, जेठ ७ २०७८

  • 1.8K
    SHARES

  • 'छिनको छिनमा मर्दा रैछन्' (भिडियोसहित)

    काठमाडौं - संगीतकार तथा चलचित्र निर्देशक नारायण रायमाझीले कोरोना कहरसँग सान्दर्भिक गीत सिर्जना गरेका छन् । 'छिनको छिनमा मर्दा रैछन्' बोलको उक्त गीतलाई रामभक्त जोजिजूले गाएका छन् । गीतको रचना इन्द्र शाहीले गरेका हुन् ।

    पछिल्लो समयमा नेपालका फैलिएको कोरोना महामारीमा आममानिसले भोगेको पीडा गीतका शब्द र भिडियोमा देख्न सकिन्छ ।
    गीतमा संगीत रायमाझीले भरेका छन् भने संगीत संयोजन बिबी अनुरागीको रहेको छ ।

    त्यस्तै, मिक्सिङ्ग श्यामश्वेत रसाइली, रेकर्डिङ्ग मनोज खड्काले गरका छन् । रिमा रेकर्डिङ्ग स्टुडियोमा गीत रेकर्डिङ्ग गरिएको छ भने सम्पादन मिराज अर्यालको रहेको छ ।

    टयुट्युबमा गीतको भिडियो राखेको तीन घण्टामा नै करिब तीन हजारले हेरेका छन् । भिडियो हेर्ने लगभग शतप्रतिशतले राम्रो प्रतिक्रिया दिएका छन् ।

     


    शुक्रवार, जेठ ७ २०७८१२:४७:५३
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij