Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

नेपालमा कोरोनाको नयाँ भेरियन्ट पत्ता लाग्यो, अति संक्रामक रहेको पुष्टि

नेपालमा कोरोनाको नयाँ भेरियन्ट पत्ता लाग्यो, अति संक्रामक रहेको पुष्टि

  • मंगलवार, जेठ ४ २०७८

  • 1.2K
    SHARES

  • नेपालमा कोरोनाको नयाँ भेरियन्ट पत्ता लाग्यो, अति संक्रामक रहेको पुष्टि

    काठमाडौँ – नेपालमा कोभिड १९ को नयाँ भेरियन्ट पत्ता लागेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

    गत हप्ता संकलित कोभिड १९ संक्रमितहरुका ३५ वटा नमूनाहरुलाई विश्व स्वास्थ्य संगठनको समन्वयमा जिन सिक्विसिङ गरिएको थियो ।

    मंगलबार प्राप्त नतिजाअनुसार ९७ प्रतिशतमा B.1.617.2 नयाँ भेरियन्ट र तीन प्रतिशतमा B.1.617.1  पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

    योसँगै नेपालमा हालसम्म तीन किसिमका भाइरस रहेको पुष्टि भएको छ ।

    'विश्व स्वास्थ्य संगठनले २०२१ मे १० मा यो नयाँ भेरियन्टलाई विश्वव्यापी भेरियन्ट अफ कन्सर्न भनी घोषणासमेत गरिसकेको छ', स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ, 'हाल पत्ता लागेको नयाँ भाइरस सबै उमेर समूहमा धेरै संक्रामक र जोखिमपूर्ण रहेको अध्ययनहरुबाट पाइएको छ । त्यसैले संक्रमण रोक्न हामी सबै सचेत र जिम्मेबार बनी जनस्वास्थ्यका मापदण्डहरुको पालना गराउन भूमिका बढाउन सबैको जानकारी लागि विनम्र अपिल गर्दछौँ ।'


    मंगलवार, जेठ ४ २०७८०७:३६:२६
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij