Jul 29 2026 | २०८३, श्रावण १३ गते

२०८३, श्रावण १३ गते
  • यो साता चर्चामा :
images

माधव नेपालको सचिवालयले भन्यो– बादललाई समर्थन छैन

माधव नेपालको सचिवालयले भन्यो– बादललाई समर्थन छैन

  • मंगलवार, जेठ ४ २०७८

  • 1.1K
    SHARES

  • माधव नेपालको सचिवालयले भन्यो– बादललाई समर्थन छैन

    काठमाडौँ – नेकपा एमालेका नेता माधवकुमार नेपालले राष्ट्रियसभाको निर्वाचनमा सूर्य चिन्हधारी एमाले उम्मेदवार रामबहादुर थापा बादललाई सघाउने वचन नदिएको नेपालको सचिवालयले प्रष्ट पारेको छ।

    माधव नेपालका स्वकीय सचिव मोहन गौतमले मंगलबार साँझ वक्तव्य जारी गर्दै मतदातालाई स्वविवेक प्रयोग गर्न दिने कुरामा सहमति भए पनि बादललाई समर्थन नजनाएको बताउनुभएको छ ।

    गौतमका अनुसार नेता नेपालले अन्य दल समेतलाई सहमत गराएर आफूले डा.खिमलाल देवकोटालाई आफ्नै पहलमा उम्मेदवार बनाएकाले अहिले अन्यथा गर्न नसक्ने स्पष्ट पार्नुभएको छ ।

    बादल नेता नेपालसँग सहयोग माग्न मंगलबार दिउँसो उहाँको निवास कोटेश्वर पुग्नुभएको थियो ।


    मंगलवार, जेठ ४ २०७८०७:३३:२३
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij