काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा थप ८ हजार २०३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २० हजार २८६ पीसीआर परीक्षणबाट ८ हजार १३६ जना र ६९३ एन्टिजेन परीक्षणबाट ६७ जनामा संक्रमण देखिएको हो। हालसम्म नेपालमा कोरोना संक्रमितको संख्या ४ लाख ७२ हजार ३५४ पुगेको छ ।
त्यसैगरी २४ घण्टामा ६ हजार ८९१ जनाले कोरोना जितेका छन् भने १९६ जनाको मृत्यु भएको छ । मन्त्रालयका अनुसार योसँगै नेपालमा कोरोना जित्नेको संख्या तीन लाख ५२ हजार ४१४ पुगेको भने मृत्यु हुनेको संख्या पाँच हजार ४११ पुगेको छ ।
नेपालमा सक्रिय संक्रमितको संख्या १ लाख १४ हजार ५२९ पुगेको छ ।
यस्तै, पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा २ हजार ६३५ कोरोना संक्रमित थपिएका छन्।
स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौँमा २०४९, भक्तपुरमा २२१ र ललितपुरमा ३६५ जना संक्रमित थपिएका हुन्।