काठमाडौं - नेकपा (एमाले)भित्रको विवाद मिलाउन गठित कार्यल (वार्ता टोली)को पहिलो बैठक आज बस्दै छ । उक्त वार्ता टोलीको पहिलो बैठक सिंहदरबारमा बस्न लागेको प्रधानमन्त्रीका प्रेस सललाहकार सूर्य थापाले जानकारी दिनुभयो । उहाँका अनुसार बैठक दिउँसो ३ बजे बस्न लागेको हो ।
प्रधानमन्त्री केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच आइतवार भएको सहमतिअनुसार ५÷५ जनाको वार्ता टोली गठन गरिएको छ ।
एमालेमा देखिएको विवाद मिलाउनका लागि ओली २०७५ जेठ २ गते अघिको कमिटीमा फर्कन तयार भएको बताइएको छ । पार्टीका अन्य विवाद वार्ता टोलीले दिएको सुझावका आधारमा सुल्झाउने एमालेको तयारी रहेको एक नेताले बताए ।
यता, नेपाल पक्षले पनि ०७५ जेठ २ गतेअघिको अवस्थामा पार्टीलाई फर्काउन माग गरिहेको छ । गृहमन्त्री रामबहादुर थापाको एमालेमा देखिएको पहुँचप्रति पनि नेपाल पक्षले असन्तुष्टि व्यक्त गरिरहेको छ ।