Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

नेपालमा थप ७ हजार ३६८ जनामा कोरोना संक्रमण,१४५ जनाको मृत्यु 

नेपालमा थप ७ हजार ३६८ जनामा कोरोना संक्रमण,१४५ जनाको मृत्यु 

६ हजार ६४८ जना डिस्चार्ज
  • आइतवार, जेठ २ २०७८

  • 738
    SHARES

  • नेपालमा थप ७ हजार ३६८ जनामा कोरोना संक्रमण,१४५ जनाको मृत्यु 

    काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा थप ७ हजार ३६८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले देशभरका विभिन्न प्रयोगशालामा १९ हजार ५ सय ३९ जनाको पिसिआर परीक्षण गर्दा ७ हजार ३ सय १६ मा पोजेटिभ देखिएको र ३ सय ४४ जनाको एन्टिजेन परीक्षण गर्दा ५२ जनामा पोजेटिभ देखिएको जानकारी दिनु भएको छ ।

    यस्तै पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा मात्रै २ हजार ६०९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
    काठमाडौंमा १ हजार ८८१, भक्तपुरमा २९२ र ललितपुरमा ४३६ जनामा गरी कुल २ हजार ६०९ जना थपिएका छन् ।

    नेपालमा थप १४५ जना संक्रमितको मृत्यु भएको छ । योसँगै हालसम्म कोरोनाले ज्यान गुमाउनेको संख्या ५ हजार १ पुगेको मन्त्रालयले जानकारी दिएको छ ।

    पछिल्लो २४ घण्टामा ६ हजार ६४८ जना डिस्चार्ज भएका छन्।

    मन्त्रालयका अनुसार देशभर सक्रिय संक्रमितको संख्या एक लाख १० हजार १६३ रहेको छ । जसमध्ये सात हजार ८०८ जना संस्थागत आइसोलेसनमा र एक लाख दुई हजार ४५५ जना होम आइसोलेसनमा रहेका छन् ।


    आइतवार, जेठ २ २०७८०५:१४:४१
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij