Jul 25 2026 | २०८३, श्रावण ९ गते

२०८३, श्रावण ९ गते
  • यो साता चर्चामा :
images
कवि तथा गीतकार कार्कीको निधन

जसले लेखे हिन्दी र उर्दू भाषामा पनि कविता !

जसले लेखे हिन्दी र उर्दू भाषामा पनि कविता !

  • आइतवार, जेठ २ २०७८

  • 1.6K
    SHARES

  • जसले लेखे हिन्दी र उर्दू भाषामा पनि कविता !

    काठमाडौं - कवि तथा गीतकार चेतन कार्कीको ८४ वर्षको उमेरमा आज निधन भएको छ । उहाँ छाउनीस्थित सैनिक अस्पतालमा निधन भएको हो ।

    अस्वस्थ भएपछि उहाँलाई गत आइतबार सैनिक अस्पताल भर्ना गरिएको थियो । र, उपचारका क्रममा आज बिहान निधन भएको पारिवारिक स्रोतले जनाएको छ । 

    तलचित्रकर्मीसमेत रहेका कार्की १६ वैशाखमा भारतको देहरादूनबाट काठमाडौं आउनुभएको थियो । त्यसपछि उहाँलाई ज्वरो आएपछि अस्पताल भर्ना गरिएको थियो । परीक्षणका क्रममा उहाँलाई कोरोना संक्रमण पनि देखिएको थियो ।

    उपन्यासकार पनि कार्कीले नेपालीसँगै हिन्दी र उर्दू भाषामासमेत कलम चलाउनुभएको थियो । उहाँका कविताहरु नेपाली, हिन्दी र उर्दू भाषामा प्रकाशित छन् ।

    कार्कीले ५० भन्दा बढी फिल्ममा काम गर्नुभएको छ । कथा तथा पटकथा लेखनसँगै निर्देशनमा पनि उहाँले भूमिका निभाउनुभएको थियो ।

    कार्कीले लेखेको 'तिजको रहर आयो बरिलै' भन्ने गीत चर्चित छ ।


    आइतवार, जेठ २ २०७८११:५५:११
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij